प्रधानन्यायाधीश राणालाई राजीनामा दिन संयोजक मिश्रको आग्रह « Khabarhub

प्रधानन्यायाधीश राणालाई राजीनामा दिन संयोजक मिश्रको आग्रह


१० श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरालाई राजीनामा दिन आग्रह गरेका छन्।

शनिबार ‘न्यायका लागि साझा तराजु यात्रा’लाई माइतीघर मण्डलामा सम्बोधन गर्दै जबराको निर्णय विवादमा परेकाले मिश्रले राजीनामा दिन आग्रह गरेका हुन्।

‘संसद आएर महाअभियोगबारे चर्चा गर्नु अघि तपाईले राजीनामा दिनुभयो भने यसले सर्वोच्च अदालत र जनताको विश्वास फेरि पुर्नस्थापित गर्न सहायक सिद्ध हुन्छ’ मिश्रले भने ‘तपाई असाध्यै विवादित हुनुभयो। तपाईले गरेका निर्णय शंकाको घेरामा छ। तपाईले गरेको निर्णयलाई जनताले स्वीकार गर्न सकेका पनि छैन्।’

कार्यक्रममा साझा पार्टीका कार्यकर्ताले ‘त्रुटीपूर्ण फैसला रद्द गर, पीडितलाई न्याय गर’, ‘भ्रष्टलाई सिंहदरबार होइन, जेल हालौं’ जस्ता नारा लेखिएको प्ले कार्ड बोकेका थिए।

प्रकाशित मिति : १० श्रावण २०७७, शनिबार  ७ : १४ बजे

बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर

क्वार्टरफाइनल समीकरण पूरा, कुन टिम कोसँग ?

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा क्वार्टरफाइनल समीकरण पूरा भएको

कोलम्बियालाई पेनाल्टी सुटआउटमा ४–३ गोलले हराउँदै स्विट्जरल्यान्ड क्वार्टरफाइनलमा प्रवेश

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा कोलम्बियालाई पेनाल्टी सुटआउटमा हराउँदै

१३ मिनेटमा ३ गोल गर्दै इजिप्टविरुद्ध अर्जेन्टिनाको पुनरागमन जित

काठमाडौँ– फिफा विश्वकप फुटबल २०२६ मा अर्जेन्टिना अन्तिम ८ मा

आज २०८३ साल असार २४ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल असार २४ गते बुधबार सन् २०२६