बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरियो, दुई जना बेपत्ता | Khabarhub Khabarhub

बाग्लुङमा पहिरोले स्काभेटर, टिपर र ट्याक्टर पुरियो, दुई जना बेपत्ता


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाग्लुङ- बाग्लुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्याक्टर पुरेको छ ।

गएराति साढे आठ बजे खसेको पहिरामा परी टिपर चालक निर्मल पुन र ट्याक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ त ४७ नम्बरको ट्याक्टर र ग १ ख ४६३७ नम्बरको टिपर र स्काभेटर पुरिएको हो । स्काभेटरको नम्बर खुलेको छैन ।

‘पहिले पनि पहिरा खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरा खसेको पाइएको छ’, प्रहरी निरीक्षक रिजालले भने ।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो । निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुन सकेको थिएन । सुरक्षाकर्मीले जेनेरेटरबाट बत्ती बालेर रातभर उद्धारको प्रयास गरेका थिए ।

आज बिहानैदेखि उद्धार जारी रहेको प्रहरीले जनाएको छ । घटना भएको लामो समय बितिसक्दासमेत बेपत्ता चालक सम्पर्कमा नआएकाले पहिरोमै पुरिएको आशङ्का गरिएको वडा सदस्य सूर्य लामिछानेले जानकारी दिए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : १४ बजे

अन्नपूर्ण म्याराथनको पाँचौँ संस्करण जेठ २० गते, ७५ औँ आरोहण दिवसको अवसरमा हुने

पोखरा– अन्नपूर्ण सेन्चुरी पर्यटन समितिको आयोजनामा हुने अन्नपूर्ण म्याराथन–२०८२ को

प्रधानमन्त्रीसँग विश्व बैंकका दक्षिण एसिया उपाध्यक्षको शिष्टाचार भेट

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीसँग विश्व बैंकका दक्षिण एसिया क्षेत्रका

विनियोजन विधेयकमाथि छलफल गर्दै प्रतिपक्षी सांसदले भने– हस्तक्षेपकारी बजेट आवश्यक

काठमाडौं– लामो समयदेखि तङ्ग्रिन नसकेको मुलुकको अर्थतन्त्र सुधारका लागि सामान्य

प्रभु महालक्ष्मी लाइफले बोनस र हकप्रद शेयर पारित गर्न बोलायो साधारणसभा

काठमाडौं– प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले हकप्रद शेयर जारी गर्ने भएको

औँसा नियन्त्रण गर्न १३ हजार सुन्तलाका बोटमा प्रोटिन वेट

बागलुङ– जिल्लाको काठेखोला गाउँपालिका–६ तल्लो बिहुँका १३ हजार सुन्तलाका बोटमा