पूर्वमन्त्री बास्कोटाको प्रश्न– गृहमन्त्रालयको के जात्रा हो ? | Khabarhub Khabarhub

पूर्वमन्त्री बास्कोटाको प्रश्न– गृहमन्त्रालयको के जात्रा हो ?


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पूर्वमन्त्री गोकुलप्रसाद बास्कोटाले यात्राको क्रममा सर्वसाधारणलाई दु:ख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत बालबालिका र वृद्धवृद्धालाई दुःख दिएको भन्दै गृहमन्त्रालयको आलोचना गरेका हुन् ।

हाल एक जिल्लाबाट अर्को जिल्लामा यात्रा गर्दा सीमा क्षेत्रमा गाडी फेर्नुपर्ने नियमले यात्रुहरुले सास्ती पाएको बास्कोटाको भनाइ छ । उनले यस्तो नियमलाई गृहमन्त्रालयको ‘जात्रा’ भनेर आलोचना गरेका छन् ।

बास्कोटाले ट्वीटरमा लेखेका छन्, ‘गृहमन्त्रालयले के जात्रा देखाको ? बच्चा, केटाकेटी, बुढाबुढी एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने, फेरि अर्को बस चढाउने ? न चेकजाँच न अरु ? बेकारको सास्ती, के उद्देश्यले यात्रुलाई दुःख दिएको ? तत्काल हटाऊ ।’

एउटा बसबाट झार्ने, एक किलोमिटर हिँडाउने र फेरि अर्को बस चढाउने गर्दा यात्रुहरुले सास्ती पाएकाले तत्काल यस्तो नियम हटाउनुपर्ने उनको सुझाव छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  १ : १२ बजे

प्रचण्डले भने- म अब माओवादीको अध्यक्ष रहिनँ, संयोजक भएँ

काठमाडौं– नेकपा माओवादी केन्द्र महाधिवेशन आयोजक समितिका संयोजक पुष्पकमल दाहाल

पूर्वराष्ट्रपतिको निष्कर्ष : जेन-जी आन्दोलनका घटना शंकास्पद्, दलहरू एकजुट हुनु पर्छ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ पुस्ताको मनोभावना बुझ्दै राष्ट्रिय एकताका

सबै माओवादी नेताको सम्पत्ति सार्वजनिक गर्ने प्रचण्डको घोषणा

काठमाडौं- नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

माओवादीको केन्द्रीय कमिटी भङ्ग, प्रचण्डकै प्रस्तावअनुसार मंसिरमा विशेष महाधिवेशन

काठमाडौं- नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति भङ्ग गरिएको छ