लकडाउन खुल्यो, बोलबम मेला खुलेन | Khabarhub Khabarhub

लकडाउन खुल्यो, बोलबम मेला खुलेन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

चितवन- कोरोना भाइरसको सङ्क्रमणका कारण गरिएको लकडाउन खुले पनि साउन महिनाको हरेक सोमबार देवघाटमा लाग्ने बोलबम मेला भने सञ्चालन नगरिने भएको छ ।

भिडभाड हुँदा रोगको सङ्क्रमण बढ्नसक्ने भएकाले साउन महिना भरको मेला स्थगन गरिएको हो ।

देवघाट क्षेत्र विकास समितिले पहिलो सोमबार लकडाउन भएकाले मेला स्थगन गरेको थियो । समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार लकडाउन खुले पनि कोरोनाको सङ्क्रमण नरोकिएकाले मेला स्थगन गरिएको हो ।

मेलामा छिमेकी देश भारत र देशभरबाट नै भक्तजन आउने गर्दछन् । अघिल्ला वर्ष साउन महिनाका सोमबारमा पाँच लाख हाराहारी भक्तजन आउने गरेको उनले बताए।

अध्यक्ष पौडेलले भने, “हामीले स्थानीय प्रशासनसँग छलफल गरेर उहाँहरुको सुझावअनुसार नै बोलबम मेला स्थगन गरेका हौँ ।”

कोरोनाको सङ्क्रमण घटेमा अबको ठूलो मेला हरिबोधिनी एकादशी र सतबिज छर्ने मेला मात्र हुने उनले बताए । उनले भने, “सञ्चारमाध्यममार्फत हामी सबैलाई दुःखका साथ मेला भर्न नआउन अनुरोध गर्न बाध्य छौँ ।”

पछिल्ला वर्षमा बोलबम मेला भर्न आउनेको सङ्ख्या बढ्दै गएको थियो । कतिपय खाली खुट्टामा देवघाटसम्म मेला भर्न आउने गरेका उनले जानकारी दिए ।

पवित्र तीर्थस्थल देवघाट चितवन, तनहुँ र नवलपरासी जिल्लाको सङ्गमस्थलमा पर्दछ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  २ : ५२ बजे

झाडी फाँडेर १४० रोपनीमा ओखर खेती

बागलुङ– बागलुङ नगरपालिका–९ दुर्लेनीका किसानले झाडी फाँडेर ओखर खेती थालेका

चितवनमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’ हुँदै

चितवन– चितवनको भरतपुरस्थित चितवन प्रदर्शनी केन्द्रमा आजदेखि राष्ट्रिय ‘डेरी एक्स्पो’

गभर्नरको ‘बहिर्गमन’ बहानामा उचालेर थेचारिएको साताको शेयर बजार

काठमाडौं – यो साता सामाजिक सञ्जालदेखि प्रायः सबैजसो सञ्चारमाध्यमसम्म नेपाल

विकास निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणका परियोजना पूरा गरेरै

सात वर्षमा सात सरकार झेल्दै गण्डकी प्रदेश : सर्वत्र टुक्रे योजना

पोखरा – गण्डकी प्रदेश स्थापना भएर सञ्चालनमा आएको सात वर्ष