मास्क नलगाउनेलाई कारबाही गर्न गृहको निर्देशन | Khabarhub Khabarhub

मास्क नलगाउनेलाई कारबाही गर्न गृहको निर्देशन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको दर बढिरहेका बेला मास्कको प्रयोग घटेको भन्दै कडा रुपमा प्रस्तुत हुन गृह मन्त्रालयले मातहतका निकायलाई निर्देशन दिएको छ ।

आइतबार ७७ वटै जिल्ला प्रशासन कार्यालय र नेपाल प्रहरीलाई निर्देशनात्मक परिपत्र जारी गर्दै मास्क प्रयोग नगर्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भनिएको हो ।

मास्क नलगाउनेलाई पक्राउ गर्न भनी यसअघि जारी गरिएको निर्देशन कडाइका साथ लागू गर्न भनिएको मन्त्रायलका सह–प्रवक्ता उमाकान्त अधिकारीले बताए ।

पछिल्लो समय जनस्तरबाट लापरबाही बढेकाले जोखिम बढ्न सक्ने उल्लेख गर्दै यो परिपत्र जारी गरिएको अधिकारीको भनाइ छ ।

साथै, कारबाहीको विवरण पनि दैनिक रुपमा हरेक जिल्ला प्रशासन कार्यालयले गृह मन्त्रालयमा बुझाउनुपर्ने छ ।

मास्क नलगाएको आरोपमा पक्राउ पर्ने व्यक्तिविरुद्ध संक्रामक रोग नियन्त्रण ऐन अनुसार कारबाही प्रक्रिया अघि बढ्छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ०१ बजे

‘द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छ’

काठमाडौं– रक्षामन्त्री मानवीर राईले संयुक्त राष्ट्रसङ्घीय शान्ति मिसनहरूले द्वन्द्वग्रस्त मुलुकहरूमा

नेप्सेमा लुजिङ स्ट्रिक : कन्टिनियस डाउनट्रेण्ड, ३५ अर्बको कारोबार, ५० अङ्कको गिरावट

काठमाडौं– यो साता अर्थात् वैशाख २८ गतेदेखि जेठ १ गतेसम्म

मिरुना ग्रामीण महिलाको भूमिकामा बढी किन, बोल्ड पात्रको प्रस्ताव आउँदैन ?

काठमाडौं – नायिका मिरुना मगर अहिले सर्वाधिक व्यस्त नायिकाको सूचीमा

प्रथम महिलाले सगरमाथा आरोहण गरेको ५० वर्ष पूरा

पेरिस– सन् १९७५ मे १६ मा विश्वको सर्वोच्च शिखर सगरमाथा

रवीन्द्र मिश्रलाई थुनामुक्त गर्न सर्वोच्चको आदेश

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रलाई सर्वोच्च अदालतले