बढी भाडा लिने सवारी साधनलाई कारबाही « Khabarhub

बढी भाडा लिने सवारी साधनलाई कारबाही


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रामेछाप- मन्थली नगरपालिका–९ पुरानागाउँका महेशकुमार श्रेष्ठलाई स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जानुपर्ने भयो ।

पाँच वर्षदेखि बाथरोगबाट पीडित उहाँ लकडाउनका कारण नियमित स्वास्थ्य परीक्षणका लागि काठमाडौँ जान पाएका थिएनन् ।

लकडाउन अन्त्यको घोषणा भएपछि उनी काठमाडौँ जान सदरमुकाम मन्थली झरे । मन्थली ती हिँडेर आए तर लकडाउन खुलेको भए पनि सार्वजनिक यातायातका साधन अझै जिल्ला बाहिर चलेका छैनन् ।

काठमाडौँ जाने साधन पाउन उनलाई गाह्रो भयो । स्वास्थ्य समस्याका कारण जसरी पनि काठमाडौँ जानपर्ने बाध्यतामा परेका उनले दिनभर काठमाडौँ जाने साधन खोजे तर कतै भेटेनन् ।

त्यो रात उनको मन्थलीमै बास भयो । भोलिपल्ट बिहानैदेखि काठमाडौँ जाने सवारीको खोजीमा लागे । दिनभरको प्रयासपछि बल्ल काठमाडौँ जाने निजी बोलेरो भेटे । शरीरको दुखाइ र दुई दिनको मन्थलीको गर्मीले गलेका उनी साँझपख प्रदेश ३­१०२३ च २४२६ नम्बरको बोलेरो चढे ।

गाडी चढेको केही समयपछि भाडाको बारेमा कुरा भयो । ‘‘चालकले मन्थलीबाट काठमाडौँ गएको भाडा दुई हजार ५ सय रुपैयाँ भनेपछि म त छक्क परें’’, उनले भने । ५ सय रुपैयाँ भाडा लाग्ने ठाउँको भाडा दुई हजार ५ सय भनेपछि छक्क पर्नु पनि स्वभाविक नै हो ।

भाडामा ५० प्रतिशतसम्म वृद्धि गर्न पाउने कुरा उनले सुनेका थिए । पाँच गुना बढी भाडा लिएपछि उनले प्रतिवाद गरे । चालकले भाडा घट्ने कुरै गरेनन् । अन्तमा दुई हजार रुपैँया भाडा तिरेर उनी रातको १२ बजे काठमाडौँ पुगे ।

लिखु तामाकोशी गाउँपालिका–२ दुरागाउँका विजय सुनुवार पनि एक दिनभरि लगाएर हिँडेर काठमाडौं जान गाउँबाट मन्थली आए । मन्थली बजारमा बाक्लै गुड्ने सुमोले टिकट नकाट्ने शर्त राखेर दुई हजार ५ सयदेखि तीन हजरसम्म भाडा मागेपछि उनी पनि छक्क परे ।

गाडी भाडा सुनेर के गर्ने भन्ने दोधारमा परेका उनी अन्तिममा टिकट नकाटी दुई हजार ५ सय रुपैयाँ भाडा तिरेर काठमाडौं पुगे ।

यी दुई उदाहरण मात्र हुन् । अहिले असहज अवस्थाको मौका छोपेर सवारी साधनले मनलाग्दी भाडा असुल्दा दैनिक सयौँको सङ्ख्यामा यात्रु ठगिएका छन् । सर्वसाधारणको बाध्यताको फाइदा यातायात सञ्चालकले लिइरहेका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख रामेश्वर पाण्डे बिरामी बोक्ने, शक्ति र पहुँचका भरमा सञ्चालन भएका र प्रशासनबाट पास लिएका केही सार्वजनिक सवारी साधनले बढी भाडा लिएको गुनासो आएको बताउँछन् । अहिलेसम्म बढी भाडा असुल्ने १५ भन्दाबढी निजी सवारीलाई कारवाही गरिएको उनले बताए ।

बढी भाडा लिएको गुनासो आएसँगै चेकजाँचमा कडाइ गरिएको उनले बताए । उनले चेकपोष्टमा रहेका प्रहरीले सोधखोज गर्दा आफूसँग लिएको भाडाका बारेमा सत्य बोल्न यात्रुहरुसँग आग्रह समेत गरे ।

रामेछापकी प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बिरामी लैजाने र अन्य विभिन्न प्रयोजनमा काठमाडौँ जाने पास लिएका सार्वजनिक सवारीले बढी भाडा लिएको गुनासो आएसँगै त्यस्ता सवारीलाई दिइने पासमा थप कडाइ गरिएको बताइन । उनले भनिन्, “बढी भाडा असुलेको गुनासो आएपछि चोकजाँमा थप कडाइ गरी बढी भाडा लिने सार्वजनिक तथा निजी सवारी साधनलाई कारवाही गरिएको छ ।’

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ३ : ५८ बजे

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन