आज काठमाडौंका ८ सहित थपिए १३० संक्रमित, ७५ डिस्चार्ज (विवरणसहित) | Khabarhub Khabarhub

आज काठमाडौंका ८ सहित थपिए १३० संक्रमित, ७५ डिस्चार्ज (विवरणसहित)


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालमा आइतबार थप १३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै कोरोना संक्रमितको संख्या १८ हजार ६१३ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार नियमित लाइभ अपडेटमा उक्त जानकारी दिएका हुन् ।

मन्त्रालयका अनुसार हालसम्म सक्रिय संक्रमितको संख्या ५ हजार ४४० रहेको छ ।

जसमध्ये प्रदेश १ मा १८६ जना, प्रदेश २ मा १ हजार ८ सय७३जना, बागमती प्रदेशका ४४४ जना, गण्डकी प्रदेशमा २९४ जना, प्रदेश ५का ३५८ जना, कर्णाली प्रदेशमा ३६६जना र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय १८जना रहेका छन्।

आज कहाँ कति थपिए ?

डा गौतमका अनुसार कोशी अस्पताल विराटनगरमा गरिएको परीक्षणमा झापाका एकजना, मोरङका एकजना, इलामका ८ जना र सिराहाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सुनसरीका २ जना, उदयपुरका एकजना, तेह्रथुमका १ जना र मोरङका २३ जना संक्रमित थपिएका छन् ।

यस्तै प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका एकजना र महोत्तरीका २ जना, नारायणी अस्पताल वीरगंजमा गरिएको परीक्षणमा पर्साका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ।

डा गौतमका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा दाङका एकजना, काठमाडौंका २ जना,नुवाकोटका एकजना र सोलुखुम्बुका २ जना पनि संक्रमित भएका छन् ।

यस्तै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा गरिएको परीक्षणमा काठमाडौंका ३ जना र पर्साका ३ जना, किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्र हेटौडामा गरिएको परीक्षणमा नवलपरासी पूर्वका २ जना, रौतहटका एकजना र मकवानपुरका एकजना, त्रिवि शिक्षण अस्पताल महाराजगंजमा गरिएको परीक्षणमा बाराका एकजना, स्टार अस्पताल सानेपामा गरिएको परीक्षणमा कास्कीका एकजना, काठमाडौंका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा गोरखाका २ जना, कास्कीका २ जना, प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा रुपन्देहीका एकजना र अर्घाखाँचीका  १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै भेरी अस्पताल नेपालगंजमा गरिएको परीक्षणमा बाँकेका २ जना बर्दियाका ६ जना र जुम्लाका एकजनामा कोरोना पुष्टि भएको छ ।

यसैगरी लुम्बिनी प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा रोल्पाका ३ जना, सुर्खेत प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा दैलेखका एकजना र सुर्खेतका ३ जना, दैलेख प्रयोगशालामा दैलेखका २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा अछामका १४ जना, बाजुराका ३ जना कंचनपुरका एकजनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

२४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त

पछिल्लो २४ घण्टामा थप ७५ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार १२८ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

क्वारेन्टाइनमा रहनेको संख्या १७ हजार ९०३ पुगेको छ। यस्तै मन्त्रालयका अनुसार आइसोलेसनमा ५ हजार ४ सय ४० जनाको उपचार भइराखेको छ ।

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४५ पुगेको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ४ : ५० बजे

६१ किलो सुन प्रकरणमा जीवन चलाउनेविरुद्ध दुई अर्बको सम्पत्ति शुद्धीकरण मुद्दा दायर

काठमाडौं- ६१ किलो सुन तस्करी प्रकरणमा संलग्न जीवन चलाउनेविरुद्ध काठमाडौं

रोल्वालिङ क्षेत्रमा हिमपहिरोः ज्यान गुमाउनेको संख्या सात पुग्यो (अपडेट)

काठमाडौं – दोलखाको गौरीशङ्कर गाउँपालिका–९ अन्तर्गत रहेको गौरीशङ्कर र रोल्वालिङ

यी हुन् जेनजी आन्दोलनका सहिद (नामावलीसहित)

काठमाडाैं । सरकारले जेनजी आन्दोलनका क्रममा ज्यान गुमाएका ४५ जनालाई

११ राजदूत २० गतेभित्र मन्त्रालयमा हाजिर हुन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- वर्तमान सुशीला कार्की नेतृत्वको सरकारले यसअघि फिर्ता बोलाएका राजदूतलाई

मह उत्पादनको सिजनमै सरकारले १६५ टन आयात खुलायो, निर्णय फिर्ता लिन किसानको माग

चितवन- आयातित महलाई प्रमुख स्थान दिइ गरिएको निर्णय पुनर्विचार गर्न