बाजीमा लुडो खेल्ने ७ जना प्रहरीको फन्दामा | Khabarhub Khabarhub

बाजीमा लुडो खेल्ने ७ जना प्रहरीको फन्दामा


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – के तपाईं साथीभाइसँग बसेर लुडो खेल्दै हुनुहुन्छ ? यति त्यसो हो भने सावधान ! लुडो खेल्दै गरेको भेटेमा तपाईंलाई प्रहरीले पक्राउ गर्न सक्छ । अहिले प्रहरीले लुडो खेल्नेलाई पक्राउ गर्न थालेको छ ।

आइतबार मात्र महानगरीय प्रहरी वृत्त कालीमाटीको टोलीले काठमाडौंको सुनारगाउँबाट बाजीमा लुडो खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरेको छ ।

वृत्तका प्रमुख डिएसपी रुगम कुँवरका अनुसार, स्थानीय राजकुमार कार्कीको घरमा बसेर ५ हजार रुपैयाँ बाजीमा लुडो खेलिरहेको अवस्थामा ७ जनालाई पक्राउ गरिएको हो । प्रहरीले उनीहरुको साथबाट ८७ हजार ५० रुपैयाँ नगद समेत बरामद गरेको छ ।

उनीहरुलाई जुवा ऐनअन्तर्गत कारबाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ०१ बजे

पत्रकारविरूद्ध लेखेको स्ट्याटस हटाएकै दिन सचिव सुवेदीको सरूवा

धनगढी– सामाजिक सञ्जालमा पार्टीको पक्षपोषण हुने गरि सरकारकै विरुद्धमा अभिव्यक्ति दिने

रवीन्द्र मिश्रलाई छाड्ने आदेशमा सर्वोच्चले भन्यो- प्रमाण संकलन भइसकेकाले थुनिरहनु परेन

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र पक्राउ परेको

प्रतिनिधिसभा : समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न माग

काठमाडौं– सांसदहरूले समन्यायिक र समानुपातिक रूपमा बजेट विनियोजन गर्न सरकारलाई

विशेषको फैसलाविरुद्ध अख्तियारले दियो सर्वोच्चमा पुनरावेदन

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय भद्रपुर, झापाका सर्वेक्षक