लकडाउन खुले पनि संक्रमित हुनेको संख्यामा खासै अन्तर छैन : स्वास्थ्य मन्त्रालयल | Khabarhub Khabarhub

लकडाउन खुले पनि संक्रमित हुनेको संख्यामा खासै अन्तर छैन : स्वास्थ्य मन्त्रालयल


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्य मन्त्रालयले लकडाउनको समय र लकडाउन खुलेपछिको समयावधिमा कोरोना संक्रमितको संख्यामा कुनै अन्तर नभएको दाबी गरेको छ ।

डा गौतमका अनुसार लकडाउनको समयमा साउन २ गते ४ हजार ६८८ जनाको पीसीआर परीक्षण गर्दा १०१ जनामा पोजेटिभ आएको थियो । उक्त दर २.२ प्रतिशत हो ।

यस्तै साउन ३ गते १. ७ प्रतिशत, साउन ४ गते ४. १ प्रतिशत, साउन ५ गते ४.४ प्रतिशत र साउन ६ गते ३.८ प्रतिशतमा कोरोना संक्रमण भएको पाइएको थियो । डा गौतमका अनुसार लकडाउन खुल्नुभन्दा ५ दिनअघिको औषत ३. २ प्रतिशत रहेको थियो ।

यस्तै लकडाउन खुलेपछि साउन ७ गतेदेखि २.६ प्रतिशत, साउन ८ गते, ४.२ प्रतिशत, ९ गते ३.३ प्रतिशत, १० गते २.७ प्रतिशत र ११ गते ३.९ प्रतिशतमा कोरोना संक्रमण पुष्टि भएको थियो ।

डा गौतमका अनुसार लकडाउन खुलेको ५ दिनको अवधिमा औषत पोजेटिभ प्रतिशत ३.३ प्रतिशत रहेको छ ।

उक्त तथ्यांकले लकडाउनको समय र लकडाउन खुलेपछि कोरोना संक्रमितको संख्यामा खासै अन्तर नआएको डा गौतमले बताए ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ४६ बजे

चाडपर्वको गरिमालाई सम्मानजनक बनाऔँ : राष्ट्रपति

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले जितिया पर्वजस्ता मौलिक चाडपर्वले समाजमा आपसी

२७० मेगावाट विद्युत् राष्ट्रिय ग्रिडमा जोडिँदै

काठमाडौं– सिन्धुपाल्चोक र रसुवामा सञ्चालित विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन भएको

बागलुङमा सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण

बागलुङ– बागलुङमा साउनयता सात सय ९८ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

देशभर बदली हुने, केही स्थानमा ठूलो वर्षाको सम्भावना

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल