पेस्तोल पड्किँदा हवल्दार घाइते « Khabarhub

पेस्तोल पड्किँदा हवल्दार घाइते


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रुकमपश्चिम – पेस्तोल सफा गर्ने क्रममा पड्किँदा सशस्त्र प्रहरीका वरिष्ठ हवल्दार यामबहादुर खड्का घाइते भएका छन् ।

नियमित हातहतियार सफाइका क्रममा आज दिउँसो पेस्तोल पड्किँदा कोहलपुर नगरपालिका बाँके घर भएका ३७ वर्षीय खड्का घाइते भएका हुन् ।

सशस्त्र प्रहरी बल ४७ नं गुल्म मुसीकोट नगरपालिका–१ मठमा कार्यरत खड्काको पेस्तोल सफाइ गर्ने क्रममा पड्किँदा खुट्टाको घुँडाभन्दा माथिको भागमा लागेको प्रमुख जिल्ला अधिकारी उपेन्द्रराज पौडेलले जानकारी दिए ।

उनको अवस्था सामान्य रहेको र जिल्ला अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको प्रजिअ पौडेलले बताए ।

सशस्त्र प्रहरीले हरेक हप्ता हातहतियार सफाइ गर्ने गर्ने गरेको छ । सोही क्रममा आज पेस्तोल सफा गर्दा पड्किएको हो ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ५ : ४४ बजे

७ वटा निर्माण व्यवसायी तथा आपूर्तिकर्ता कम्पनी कालोसूचीमा

काठमाडौँ– सार्वजनिक खरिद अनुगमन कार्यालय काठमाडौँले विभिन्न ७ वटा निर्माण

काभ्रेको भुम्लु गाउँपालिका ‘पूर्ण खोप सुनिश्चितता र दिगोपना’ घोषणा

काभ्रेपलाञ्चोक– काभ्रेको कोशीपारिस्थित भुम्लु गाउँपालिकालाई ‘पूर्ण खोप सुनिश्चिता र दिगोपना

भूमि व्यवस्था मन्त्रालयका कार्यक्रम कार्यालयभित्रै गर्नुपर्ने

काठमाडौँ– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय मातहतका सबै

म्याद गुज्रिएका ३० कार्टुन पेय पदार्थ बरामद

झापा– ‘हेल्लो सरकार’मा उजुरी परेपछि मेचीनगर नगरपालिका, जिल्ला प्रशासन कार्यालय

काठमाडौँका विभिन्न ठाउँमा सिक्री लुट्दै हिँड्ने गिरोह पक्राउ

काठमाडौँ– नेपाल प्रहरीले महिलाले घाँटीमा लगाएको सिक्री लुट्दै हिँड्ने एक