‘भिटामिन डी’को कमी हुँदा कोरोना संक्रमणको जोखिम बढी : इजरायली अध्ययन « Khabarhub

‘भिटामिन डी’को कमी हुँदा कोरोना संक्रमणको जोखिम बढी : इजरायली अध्ययन


११ श्रावण २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इजरायली अनुसन्धानकर्ताहरूको एक अध्ययनले रगतमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिमा कोरोना भाइरस सङ्क्रमणको खतरा बढी रहने देखाएको छ ।

लिउमिट स्वास्थ्य सेवा तथा बार इलान विश्वविद्यालयको अध्ययन सार्वजनिक गर्दै एफइबीएस नामक स्वास्थ्यसम्बन्धी पत्रिकालाई उद्धृत गर्दै आइतबार इजरायली अधिकारीहरूले उक्त कुरा बताएका हुन् ।

अनुसन्धानकर्ताहरूले भने, “कोरोनाभाइरस र भिटामिन ‘डी’ परीक्षण गरिएका लिउमिट समूहका सात हजार ८०७ व्यक्तिहरूमध्ये जसकोे र परीक्षणका क्रममा भिटामिन ‘डी’ को कमी थियो उनीहरूमध्ये धेरै सङ्क्रमित थिए ।”

उक्त समूहले भिटामिन ‘डी’ को कमी देखिएकामध्ये १०.१ प्रतिशत व्यक्ति कोरोनाभाइरसबाट सङ्क्रमित पाइएको बताएको छ । सङ्क्रमण नदेखिएका व्यक्तिकोभन्दा सङ्क्रमण देखिएका व्यक्तिमा भिटामिन ‘डी’ को मात्रा स्वभाविक धेरै भेटिएको थियो ।

अनुसन्धानले प्रतिमिलिलिटर ३० नानोग्राम भिटामिन ‘डी’ भएका व्यक्ति सजिलै सङ्क्रमित हुने खतरा बढी रहेको पाइएको बताएको छ । जबकि भिटामिन ‘डी’ को मात्रा सामान्य रहेका व्यक्ति तुलनात्मक रूपमा भिटामिन ‘डी’को कमी भएका व्यक्तिभन्दा कम सङ्क्रमित पाइएका थिए ।

यसैगरी भिटामिन ‘डी’ को कमी भएका कोभिड–१९ सङ्क्रमितलाई सङ्क्रमणपछि पनि गम्भीर समस्या देखिने र अस्पताल भर्ना गर्नुपर्ने देखिएको अध्ययनको निष्कर्ष रहेको छ । अचम्मको अर्को कुरा के छ भने अध्ययनले मनोभ्रंश, मुटु रोग र फोक्सोको समस्या रहेका विरामी भएकै कारण उनीहरूमा कोभिड–१९ सङ्क्रमण दर बढी नपाइएको बताएको छ ।

प्रकाशित मिति : ११ श्रावण २०७७, आइतबार  ७ : ४८ बजे

सम्झौताअनुसार निर्माण सम्पन्न नगरेपछि २६ व्यवसायीलाई स्पष्टीकरण

चितवन– भरतपुर महानगरपालिकाले सम्झौताअनुसार निर्माण कार्य सम्पन्न नगरेको भन्दै यहाँका

राप्रपा सासदको माग- आइतबारे बिदा खारेज गरौँ

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद ताहिर अलि भाटले

उपभोक्तालाई सहुलियत हुनेगरि बजार व्यवस्थापन गर्न सांसदहरूको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको विशेष समयमा सांसदहरूले किसानले उत्पादनको उचित मूल्य

ट्रम्प–सी भेटअघि इरानी विदेशमन्त्री चीनमा, वाङ यीसँग वार्ता

बेइजिङ– इरानका विदेशमन्त्री अब्बास अराघचीले यसै साता चीनको भ्रमण गर्ने

कर नीतिमा अर्थमन्त्री असफल ? साढे तीन महिनामा दुईवटा कर खारेज, एउटा संशोधन प्रयास

काठमाडौं– अर्थमन्त्री डा स्वर्णिम वाग्ले कर सम्बन्धी नीतिमा असफल हुँदै