चिकित्सक भन्छन् : गर्भवती र सुत्केरीले व्रत नबस्नू « Khabarhub

चिकित्सक भन्छन् : गर्भवती र सुत्केरीले व्रत नबस्नू


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


12
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज साउन महिनाको दोस्रो सोमबार हिन्दू महिलाहरु व्रत बस्ने र भगवान् शिवको पूजा आरधना गर्ने गर्छन् ।

स्वस्थ व्यक्तिका लागि सातामा एकदिन व्रत बस्नु उपयुक्त भएपनि गर्भवती महिला स्तनपान गराइरहेका महिलाहरुका लागि व्रत वस्तु उपयुक्त नहुने चिकित्सकहरु बताउँछन् ।

गर्भवती महिलाले खाने खानाबाटै गर्भमा भएको शिशूका वृद्धिविकास हुन्छ । त्यसैले गर्भवती महिला व्रत बस्दा गर्भको बच्चालाई पनि पौष्टिक तत्व कम हुनसक्छ । यस्तै स्तनपान गराउने महिलाले व्रत बस्दा शिशूलाई दुध कम हुनसक्छ ।

व्रत बस्दा महिलाको शरीरमा ग्लुकोजको मात्रा कम भएर स्वास्थ्यमा समस्या देखिन सक्ने पोषणविद् अतुल उपाध्याय बताउँछन् ।

‘स्वस्थ महिलाका लागि सातामा एकदिन व्रत बस्दा राम्रो हुन्छ तर गर्भवती तथा सुत्केरी महिलाका लागि व्रत बस्नु उपयुक्त हुँदैन,’ पोषणविद् उपाध्यायले भने, ‘व्रत बस्दा रगतमा ग्लुकोजको मात्रा कम हुन्छ, गर्भवती र स्तनपान गराइरहेका महिलामा शरीरमा ग्लुकोजको मात्रा कम हुँदा कमजोर हुनसक्छ ।’

यस्तै दीर्घरोगका बिरामीले पनि व्रत बस्नु उपयुक्त नहुने उनको भनाइ छ । यस्तै धेरै परिश्रम गर्नुपर्ने कामकाजी महिलाहरुले पनि व्रत बस्नु उपयुक्त नहुदैन ।

साउनको सोमबार व्रत बस्ने कतिपय महिलाहरु पानी समेत नखाने गर्छन् । पानी पनि नखाइ व्रत बस्दा शरीर कमजोर हुने उपाध्यायको भनाइ छ ।

व्रत बसेपनि फलफूलहरु खानु उपयुक्त हुने पोषणविद् उपाध्याय बताउँछन् । व्रत बस्ने महिलाहरुले गुलियो पदार्थ भने खान नहुने उपाध्याय बताउँछन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ६ : ३० बजे

बालबालिकालाई सामाजिक सञ्जालमा ईयुको कडाइ

एजेन्सी– बालबालिकालाई अनलाइन जोखिमबाट जोगाउन युरोपेली सङ्घ (ईयु) ले सामाजिक

बालेनलाई रविको निर्देशन : बाढीपीडितको अपमान गर्नेलाई सरकार निर्मम छ भन्ने देखाउनुस्

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रधानमन्त्री

अमेरिकी सेनाद्वारा थप पाँच इरानी तेल ट्यांकर ध्वस्त

एजेन्सी– अमेरिका र इरानबीच जारी सैन्य संघर्ष थप चर्किएको छ।

‘भोटेकोशी बाढीमा परेकाहरू प्राकृतिक विपत्तिका मृतक होइनन्, जलवायु अन्यायका पीडित हुन्’

काठमाडौं- सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भदौ

मोदी खोलामा बजेको खतराको घण्टी !

गण्डकी– हिमनदी भत्केर भोटेकोशी–त्रिशूली नदीमा गएको प्रलयकारी बाढीले निम्ताएको शोक