झापाको मेचीनगरमा बृहत मात्रामा कोरोना परीक्षण शुरू | Khabarhub Khabarhub

झापाको मेचीनगरमा बृहत मात्रामा कोरोना परीक्षण शुरू


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा – समुदायमा कोरोना सङ्क्रमण फैलिएको आशङ्कामा झापाको मेचीनगरमा आइतबारबाट बृहत मात्रामा कोरोना भाइरसको परीक्षण  शुरू गरिएको छ ।

मेचीनगर नगरपालिका र जिल्ला स्वास्थ्य कार्यालय झापाले संयुक्तरुपमा पूर्वीनाका काँकडभिट्टाबाट ‘मास टेस्टिङ’ शुरू गरेको हो ।

पहिलो दिन कोभिड–१९ को परीक्षणका लागि ११७ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाका सामाजिक विकास समितिका संयोजक नवीन बरालले जानकारी दिए ।

गत शुक्रबार काँकरभिट्टामा कार्यरत २० जना सशस्त्र प्रहरीमा कोभिड–१९ को सङ्कमण पुष्टि भएपछि मेचीनगरमा समुदायस्तरमा कोरोना फैलिएको आशङ्का व्याप्त छ ।

आइतबार पहिलो चरणमा सशस्त्र प्रहरीको भन्सार राजस्व गुल्म काँकरभिट्टाका ३२ जना र स्वास्थ्यकर्मी, यातायात व्यवसायी, होटल व्ययसायी, पत्रकार र सर्वसाधारण गरी ८५ जनाको स्वाब सङ्कलन गरिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख शशीकला राईले जानकारी दिइन् ।

हालसम्म मेचीनगरमा ७० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भइसकेको छ भने ४६ जना निको भएर आइसकेको र २४ जना अझैसम्म विभिन्न कोभिड अस्पतालमा उपचाररत छन् ।

नगरपालिकाको सामाजिक विकास समितिका संयोजक बरालले ‘मास टेस्टिङ’लाई आगामी दिनमा जारी राखिने बताए । अर्को चरणमा धुलाबारी र चारआली बजार क्षेत्रमा ‘मास टेस्टिङ’ गरिने भएको छ । यसमा लाग्ने सम्पूर्ण खर्च नगरपालिका आफैँले व्यहोरेको जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ७ : ४४ बजे

पोखरा–मुग्लिन सडक : पश्चिम खण्डको १८ किलोमिटर कालोपत्र

तनहुँ– पोखरा–मुग्लिन सडकको पश्चिम (पोखरा–जामुने) खण्डमा १८ किमी (दुई लेन)

काठमाडौंको पहेँलो पुल नजिकै बन्दै गरेको स्पोर्टस् पार्क (फोटोफिचर)

काठमाडौं–  काठमाडौं महानगरपालिका– ५ स्थित पहेँलो पुल नजिकै स्पोर्टस् पार्क निर्माणको

नयाँ आईजीपी कार्कीले पदभार ग्रहण गर्दै : यस्तो छ कार्यक्रम

काठमाडौं – नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले बिहीबार

स्काउटको जग्गामा बनाएको दीपक खड्काको संरचनामा काठमाडौं महानगरको डोजर (तस्बिरसहित)

काठमाडौं– लैनचौरस्थित नेपाल स्काउटको जग्गा रहेको पूर्वमन्त्री तथा कांग्रेस नेता

बक्यौता असुली ठोस परिणामतर्फ अग्रसर भएको भन्दै कुलमानले दिए सबैलाई धन्यवाद

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले विद्युतको बक्यौता असुली ठोस परिणामतर्फ