साउनको दोस्रो सोमबार पनि खुलेन पशुपतिनाथको मन्दिर | Khabarhub Khabarhub

साउनको दोस्रो सोमबार पनि खुलेन पशुपतिनाथको मन्दिर


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- साउनको दोस्रो सोमबार पनि पशुपतिनाथको मूल मन्दिर बन्द भएको छ ।

कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी लागू भएपछि देशका मुख्यमुख्य मन्दिर, शैक्षिक संस्थालगायत धेरै भिड हुने कार्यालय अझैसम्म पनि बन्द छ । सोही कारण पशुपतिनाथको मन्दिर पनि बन्द भएको हो ।

अन्य क्षेत्रको बन्दाबन्दी खुला गरिए पनि सरकारले पछिल्लो पटक गरेको निर्णयमा मन्दिर, शैक्षिक संस्थालगायत नखोल्ने नै नीति लिएकाले मन्दिर नखोलिएको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा.प्रदीप ढकालले जानकारी दिए ।

साउनको पहिलो सोमबार ५ गते हजारौँ भक्तजनले पशुपति क्षेत्रका विभिन्न शिवालयमा पूजा आराधना गरेका थिए । मूल मन्दिरमा साउन महिनामा पनि दर्शन गर्न नपाइएको भन्दै भक्तजनले गुनासो गरेका थिए । उपत्यका एवं देशका अन्य शिवालयमा भने भक्तजनको भीड लागेको थियो ।

विश्व हिन्दू महासङ्घलगायत धार्मिक संस्थाले पनि विज्ञप्ति जारी गरी भौतिक दूरी कायम गरेर पशुपतिनाथ मन्दिरलगायत देशभरका मुख्य मन्दिर, गुम्बा, चैत्य खोल्ने व्यवस्था मिलाउन माग गरेका थिए ।

अन्य सबै क्षेत्र खुला भए पनि वैदिक सनातन धर्मावलम्बीले साउन महिनामा आस्थाका साथ पूजा आराधना गर्ने देशभरका शिवालय बन्द गरिएकामा ती संस्थाको आपत्ति थियो ।

पशुपति क्षेत्रकै विषयमा विद्यावारिधि गरेका कोषका पूर्वसदस्य सचिव डा.गोविन्द टण्डन यसअघि भएका विभिन्न किसिमका महामारीका बेलामा पनि पशुपतिनाथको मूल ढोका बन्द नगरिएको बताए ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ३२ बजे

नाइजेरियामा बन्दुकधारी समूहद्वारा २५ छात्रा अपहरण

लागोस – एक आपराधिक गिरोहका बन्दुकधारीले सोमबार बिहान उत्तरपश्चिमी नाइजेरियाली

बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना

आजका समाचार : प्रधानमन्त्री कार्कीविरुद्ध मुद्दा, दल दर्ता उत्साहजनक, एनपीएलमा काठमाडौंसँग जनकपुर स्तब्ध र शेख हसिनालाई मृत्युदण्डको सजाय

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध

सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी

सतर्कता केन्द्रलाई सक्रिय बनाइँदै, भ्रष्टाचार रोकथाममा कठोर बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्र