ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध | Khabarhub Khabarhub

ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- कैलालीमा ट्रकको ठक्करबाट एक युवतीको मृत्यु भएपछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भएको छ ।

कैलालीको दर्बगोरियास्थित बौनियामा आज बिहान ट्रकको ठक्करबाट स्कुटरमा सवार युवतीको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध गरेका हुन् ।

स्थानीयवासीको अवरोधपछि गन्तव्यका लागि हिँडेका सवारीसाधन बौनिया बजारमै रोकिएको प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ ।

बौनियामा आज बिहान ना ६ख ३३४० नम्बरको ट्रकले से ६प ७१८१ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक २६ वर्षीया सन्तोशी बोहोराको मृत्यु भएको थियो । ट्रक र चालक सूर्यराज चौधरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : १४ बजे

गिद्धको सङ्ख्या बढेपछि संरक्षणकर्मी उत्साहित

कञ्चनपुर- सुदूरपश्चिम प्रदेशमा गिद्धको सङ्ख्या विगतको तुलनामा क्रमशः बढ्दै गएको

एसिया कप : आज भारत र पाकिस्तान भिड्दै

काठमाडौं – एसिया कप क्रिकेटमा आज भारत र पाकिस्तानले प्रतिस्पर्धा

राष्ट्र बैंकले एक अर्ब २० करोड मुद्दती निक्षेपमा राख्ने

काठमाडौं– नेपाल राष्ट्र बैंकले एक अर्ब २० करोड रुपैयाँ बराबरको

जितिया पर्वको निराहार व्रत आज

महोत्तरी– सन्तानको सौर्यवृद्धि र कल्याणको कामना गर्दै मधेसको प्राचीन मिथिला

घाइते जेनजीलाई भेटेर प्रधानमन्त्रीले भनिन्- बंगारा झार्नुपर्थ्यो नि !

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले घाइते जेनजीलाई भेटेर बंगाला झार्नुपथ्र्यो