सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो « Khabarhub

सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको भाउ फेरि उकालो लागेको छ। सोमबारमात्रै सुन प्रतितोला १२ सय रुपैयाँ महंगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन आज ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। आइतबार यसको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। आइतबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि अहिले मूल्य उच्च दरमा बढिरहेको छ। गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १९ सय अमेरिकी डलर प्रतिऔंसमा कारोबार भएको थियो।

विश्व महामारी कोरोनासँगै चीन र अमेरिकाबीच बढिरहेको तनावका कारण पनि सुनको मूल्यमा असर परिरहेको छ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : २२ बजे

विश्वको सर्वोच्च शिखर सूचीमा नेपालका थप छ हिमाल समेट्न प्रस्ताव

काठमाडाैँ – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्ग राज पौडेल

सर्वोच्चको पूर्ण बैठकमा समसामयिक विषयमा छलफल

काठमाडौं– सर्वोच्च अदालतको पूर्ण बैठक (फूलकोर्ट) मा न्यायालयमामाथि पछिल्ला दिनमा

बिरेन्द्रबजार–धाप्लाङ सडक कालोपत्रे हुने

काठमाडौं– उदयपुरको चौदण्डीगढी नगरपालिका–८ बिरेन्द्रबजारदेखि बोपुङ, कम्पुघाट र बाजगराहुँदै त्रियुगा

विमानस्थलमा वार्षिक १३ लाख बढी यात्रुलाई सेवा

काठमाडौं– विमानस्थल हवाई यात्रु यातायात सेवा व्यवस्था लिमिटेडले वार्षिक १३

दुग्ध किसानको बक्यौता घटेर तीन करोडमा सीमित

काठमाडौं– विराटनगर स्थित विराटनगर दुग्ध वितरण आयोजनाले पूर्वका दुध कृषकहरूलाई