सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो « Khabarhub

सुनको मूल्य फेरि १२ सय रुपैयाँले बढ्यो


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सुनको भाउ फेरि उकालो लागेको छ। सोमबारमात्रै सुन प्रतितोला १२ सय रुपैयाँ महंगो भएको हो।

नेपाल सुनचाँदी व्यवसायीका अनुसार आज छापावाल सुन प्रतितोला ९७ हजार ५ सय रुपैयाँ पुगेको छ। आइतबार ९६ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै तेजाबी सुन आज ९७ हजार ६० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ। आइतबार यसको मूल्य ९५ हजार ८ सय ६० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला ५५ रुपैयाँले बढेको छ। आइतबार ११ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार १२ सय १० रुपैयाँ प्रतितोलामा कारोबार भएको छ।

अन्तर्राष्ट्रिय बजारमा पनि अहिले मूल्य उच्च दरमा बढिरहेको छ। गत शुक्रबार अन्तर्राष्ट्रिय बजारमा १९ सय अमेरिकी डलर प्रतिऔंसमा कारोबार भएको थियो।

विश्व महामारी कोरोनासँगै चीन र अमेरिकाबीच बढिरहेको तनावका कारण पनि सुनको मूल्यमा असर परिरहेको छ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १२ : २२ बजे

राधास्वामी होल्डिङ सेन्टरमा तीन दिनदेखि खाना बन्द : आश्रित भोगभोकै

काठमाडौँ – कीर्तिपुरको राधास्वामीस्थित सुकुमवासी होल्डिङ सेन्टरमा तीन तीनदेखि खाना

मुस्ताङमा नियन्त्रणमा लिइएका ‘बीवाईडी’ विद्युतीय सवारी साधन फुकुवा

मुस्ताङ– मुस्ताङमा दुई सातादेखि सशस्त्र प्रहरीले नियन्त्रणमा लिइएका बीवाईडी कम्पनीको

निर्माणाधीन संसद भवन, केही काम अझै बाँकी (तस्बिरहरू)

काठमाडौँ– सिंहदरबारस्थित निर्माणाधीन संसद् भवनभित्रको प्रतिनिधि सभाको नयाँ हल निर्माण

संविधान संशोधनका नाममा जनताको अधिकार खोस्ने कोसिस देखियो : वर्षमान

दाङ – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) नेता एवं सांसद् वर्षमान

लुम्बिनीको बजेटमा स्वास्थ्य क्षेत्रका प्राथमिकता

लुम्बिनी– प्रदेश सरकारले सोमबार प्रदेशसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष