बिहानसम्म बिरामी जाँचेका डाक्टर कोरोना संक्रमित « Khabarhub

बिहानसम्म बिरामी जाँचेका डाक्टर कोरोना संक्रमित


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा- मनिपाल शिक्षण अस्पतालमा कार्यरत एक डाक्टरमा सोमबार कोरोना पुष्टि भएको छ ।

मनिपाल कलेजमा एमडी पहिलो वर्षमा उनी मेडिकल वार्डमा कार्यरत चिकित्सक हुन् ।

सामान्य ज्वरो आएकाले स्वाब लिएर परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको हो ।

क्षेत्रीय अस्पतालको कोरोना प्रयोगशालामाा परीक्षणका गर्दा उनमा कोरोना पुष्टि भएको हो । ती स्वास्थ्यकर्मी रिपोर्ट नआउँदासम्मै बिरामी परीक्षण गरिरहेको मनिपाल उच्च स्रोतले जानकारी दिएको छ ।

उच्च सतर्कताका बीच काम गरिरहेका उनको शरीरमा भाइरस कहिले प्रवेश गर्‍यो भन्नेमा अस्पताल प्रशासनले खोजी सुरु गरेको छ । उनी कति दिनदेखि संक्रमित थिए र कति बिरामी परीक्षण गरे भन्ने अन्योल कायमै छ ।

उनलाई अहिले क्षेत्रीय अस्पतालको आइसोलेसनमा ल्याइएको छ । मनिपालको आवास र मेडिकल वार्डलाई स्यानिटाइज गर्ने र ती चिकित्सकको सम्पर्कमा आएकालाई निगरानीमा राख्ने प्रयास भैरहेको अस्पताल प्रशासन स्रोतले जानकारी दिएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : १६ बजे

काठमाडौँस्थित मस्जिदमा नमाज पढ्दै मुस्लिम समुदाय (तस्बिर)

काठमाडौँ– मुस्लिम धर्मालम्बीहरुको महान् पर्व बकर इद (इदुल जोहा) आज

एसियाली छनोट : आज इन्डोनेसियासँग भिड्दै नेपाल

काठमाडौँ – नेपाली महिला क्रिकेट टिमले एसियाली खेलकुदको महिला छनोटमा

पर्वले भाइचाराका साथ एकापसमा मिलेर बस्न प्रेरित गर्दछ : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले पर्वले समाजमा सहानुभूति, सहयोग, भाइचारा र

बक्स अफिसको नयाँ दृश्य : नायिका लिड रहेका फिल्मलाई पनि व्यापारिक सफलता

काठमाडौं – ‘कलाकारहरूले अनुहारले हलमा कति दर्शक तान्छ ?’ भन्ने

कांग्रेस संसदीय दलको बैठक बस्दै

काठमाडौँ– नेपाली कांग्रेस संसदीय दलको बैठक आज बस्दैछ । बैठक