कालापानीदेखि लिम्पियाधुरासम्म नेपालीलाई प्रवेश नदिन भारतको पत्र « Khabarhub

कालापानीदेखि लिम्पियाधुरासम्म नेपालीलाई प्रवेश नदिन भारतको पत्र


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपाली भूमि कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्रमा नेपालीलाई नै प्रवेश नदिन भन्दै नेपाललाई  निर्देशनात्मक पत्र पठाएको छ ।

गुन्जी, कालापानी, लिम्पियाधुरा भारतीय भूमि रहेको दाबी गर्दै भारतले ती क्षेत्रमा नेपालीहरुको प्रवेश रोक्न जिल्ला प्रशासन कार्यालय दार्चुलालाई निर्देशनात्मक पत्र पठाएको हो ।

भारतको धार्चुला प्रशासनले नेपालस्थित दार्चुला जिल्ला प्रशासन कार्यालयलाई जुलाई १४ मा  पठाएको पत्रमा विभिन्न नेपाली समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहने र मिडियामार्फत आफ्नो ध्यान तान्न उद्यत भएको भन्दै त्यस्ता समूहलाई प्रवेश नदिन नेपाललाई निर्देशनको शैलीमा पत्र लेखेको हो ।

‘बिभिन्न नेपाली गुट समूह भारतीय क्षेत्र गुन्जी, कालापानी, लिम्पियाधुरामा अवैध रुपमा लुकिछिपी सीमा पार गरेर आउन चाहन्छन्, जसबाट मिडियाको ध्यान आकृष्ट गर्न सकियोस् र दुवै देशको प्रशासनलाई हैरान बनाउन सकियोस्,’ भारतको धार्चुला प्रशासनले जिल्ला प्रशासन कार्यालयल दार्चुलालाई पठाएको पत्रमा लेखिएको छ, ‘अतः यस प्रकारका कुनै सूचना तपाईंहरुलाई प्राप्त भयो भने त्यसको जानकारी तत्काल दिने कष्ट गरिदिनु होला ।’

नेपालले सरकारले लिम्पियाधुरा, कालापानी र लिपुलेक समेटेर जेठ ७ गते नयाँ नक्सा सार्वजनिक गरेको थियो । उक्त नक्सा प्रतिनिधि सभाबाट जेठ ३१ गते पारित भएको थियो । तर, उक्त भूभाग भारतले आफ्नो दाबी गर्दै संरचना नै बनाउँदै आएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : २७ बजे

पुष्प र प्रशंसाको जोडीमा ‘सिन्दूर’, दाङबाट सुरु भयो छायाङ्कन

काठमाडौं– सिन्दूरलाई नेपाली समाजमा विवाह र सम्बन्धको प्रतीकका रूपमा लिइन्छ

विगतका राजनीतिक हस्तक्षेपले एयरलाइन्सको अवस्था बिग्रियो, जहाज थपेर मात्र निगम सुध्रिँदैन : पर्यटनमन्त्री

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले विगतदेखि

विश्वकप क्रिकेट लिग–२ का लागि सन्दीपको कप्तानीमा नेपाली टोली घोषणा

काठमाडौं- ओमानमा आयोजना हुने आईसीसी पुरुष विश्वकप क्रिकेट लिग–२ का लागि

हिमनदी र हिमतालको तथ्याङ्कलाई तत्काल पूर्वसूचना प्रणालीमा जोड्नुपर्ने

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले हानि–नोक्सानी कोष प्रशासनिक तथा प्रक्रियागत झन्झटमा

कांग्रेस महाधिवेशन प्रतिनिधिमा राष्ट्रपति पौडेलकी छोरी संज्ञा पराजित

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलकी छोरी संज्ञा पौडेल नेपाली कांग्रेसको महाधिवेशन