जमिन भासिएसँगै ३३ घर जोखिममा « Khabarhub

जमिन भासिएसँगै ३३ घर जोखिममा


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पाल्पा- तिनाउ गाउँपालिका–३, पानी मिलमा जमिन भासिन थालेसँगै ३३ घर जोखिममा परेका छन् । सिद्धार्थ राजमार्गको पाल्पा–बुटवल सडक खण्डको पानी मिलबाट अर्घाखाँची सिमेन्टको चुनढङ्गा खानी जाने सडकमा पहिरो र जमिन भासिन थालेको छ । पहिरोको कारण दुई घर विस्थापित भइसकेका छन् ।

सिद्धार्थ राजमार्गको माथिल्लो भागमा पहिरो र जमिन भासिएपछि यस क्षेत्रका स्थानीयबासिन्दा रातभर सुत्न नपाएको गुनासो गरेका छन् । कतिबेला पहिरो आएर बगाउने हो भन्ने डरले राति निद्रा नै नलाग्ने स्थानीयवासी चमेली थापाले बताए । पहिरोले सडक बगाएको छ । तीन चार ठाउँका सडक बगाएर मानिस पैदल हिँड्ने बाटोसमेत छैन ।

स्थानीयवासी मानबहादुर गाहाले घर भासिएको क्षेत्रभन्दा तल्लो भागमा अधिकांश स्थानमा जमिन भासिएको र पहिरो गएकाले आफूहरु जोखिममा रहेको बताए। चुनढुङ्गा खानीसम्म पहुँचमार्ग निर्माण मापदण्डविपरित निर्माण गरिएकोले पहिरोको जोखिममा रहेको हो । क्षमताभन्दा बढी चुनढ्ङ्गा ढुवानी र सडक निर्माण गरी जथाभावी माटो फालिएकाले जमिन भासिएको स्थानीयवासीको गुनासो छ ।

स्थानीयवासी कृष्ण पाण्डेयले सडक विस्तार गर्ने क्रममा पहिरोग्रस्त क्षेत्रबाट सडक विस्तार गरिएकोले पहिरोको जोखिम बढेको बताए । उनले गत वर्ष पनि पहिरो गएको र अहिले ठूलो समस्या हुने बताए । सडकको पहिरो सिस्ने खोलामा खसे सिद्धार्थ राजमार्ग, पुल र त्यस क्षेत्रमा ठूलो असर हुने पाण्डेयले बताए ।

वडाध्यक्ष प्रेम पाण्डेका अनुसार सडक दुई तर्फबाट जमिन भासिएपछि जोखिम बढेको छ । जोखिम क्षेत्रका स्थानीयवासीलाई सुरक्षितरूपमा व्यवस्थापन गर्ने काम भइरहेको वडाध्यक्ष पाण्डेयले बताए । जोखिम क्षेत्रको प्रदेशसभा सदस्य वसन्त घर्ती, गाउँपालिका अध्यक्ष ओमबहादुर घर्ती, गाउँपालिका प्रवक्ता राजेश श्रेष्ठसहितले अवलोकन गरेका थिए ।

पहिरो ५० मिटर भन्दा बढी खसेको छ । माथिल्लो भागको सडक पहिरोले तल्लो भागको सडकसमेत बगाएको छ । पहिरोका कारण स्थानीयवासीले घाँसपातका लागि जङ्गल निस्कन समस्या हुँदै आएको गुनासो गर्दै आएका छन् । पाल्पाका अधिकांश स्थानमा पहिरोका कारण ग्रामीण क्षेत्रमा यातायातका साधन सञ्चालन हुन नसक्दा स्थानीयवासी पैदल हिँडन बाध्य भएका छन् ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  १ : २९ बजे

संसदको पहिलो सम्बोधनमा हर्क साम्पाङले के भने ?

काठमाडौं– श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले आफ्नो

चितवन मालपोत कार्यालयमा सेटिङ धन्दा, ६ बिचौलिया पक्राउ

चितवन– भरतपुरस्थित मालपोत कार्यालयमा अनधिकृत रूपमा प्रवेश गरेका ६ जना

महावीर पुनको विदेशबाट मतदान प्रस्तावमा सत्तापक्षको ताली

काठमाडौं– स्वतन्त्र सांसद महावीर पुनले विदेशमा रहेका नेपालीले पनि आम निर्वाचनमा भोट

म प्रायः कसैसँग मिल्दिनँ : महावीर पुन

काठमाडौं- स्वतन्त्र सांसद महावीर पुनले आफू अरुभन्दा फरक रहेकाले कसैसँग

सरकार डढेलो बने निभाउने साहस राख्छौँ : ज्ञानेन्द्र शाही

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले सरकारले