एलइडी फ्लेक्ससहितको स्मार्ट मास्क, नेपाली मूल्य ११ हजार « Khabarhub

एलइडी फ्लेक्ससहितको स्मार्ट मास्क, नेपाली मूल्य ११ हजार


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  कोभिड–१९ का कारण अहिले मास्क लगाउनु हरेक नागरिकका लागि अनिवार्य भइसकेको छ । तर, सामान्य मास्क लगाउँदा कतिपय हैरान हुने गर्छन् ।

आजभोलि बजारमा चाखलाग्दा र स्मार्ट मास्कहरु पनि निर्माणको क्रम बढेको छ । केही समयअघि एक जापानी कम्पनीले स्मार्ट मास्क सार्वजनिक गरेको थियो ।

यसैबीच अर्को एक मास्क कम्पनीले एलइडी मास्कको विकास गरेको छ ।

द भर्जको रिपोर्टअनुसार यो मास्कलाई डुअल लेअर कटनले बनाइएको छ । जसमा चार्जेबल एलइडी फ्लेक्स प्यानल पनि छ ।

उक्त प्यानललाई सेनिटाइज गरेर पुनः प्रयोग गर्न सकिन्छ । हाल यो मास्कको नेपाली मूल्य झण्डै ११ हजार पर्छ । मास्कलाई अनलाइनमार्फत पनि खरिद गर्न मिल्नेछ ।

एलइडी डिस्प्लेवाला यो मास्क एक स्क्रिनका साथ उपलब्ध हुनेछ । प्रयोगकर्ताले मोबाइल एपका माध्यमबाट मास्कलाई कस्टमाइज गर्न पनि सक्नेछन् ।

यो मास्क लगाएर सास फेर्न पनि सहज हुने बताइएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ३ : ३४ बजे

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले

सिद्धबाबा सडकखण्डमा कारबामाथि बजारियो ढुंगा, दुई जना घाइते

काठमाडौँ । सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–पाल्पा खण्डको सिद्धबाबा क्षेत्रमा माथिबाट खसेको

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको