२४ घण्टामा ६२६ ले जिते कोरोना संक्रमण « Khabarhub

२४ घण्टामा ६२६ ले जिते कोरोना संक्रमण


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पछिल्लो २४ घण्टामा थप ६२६ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १३ हजार ७५४ पुगेको छ ।

उनीहरू देशका विभिन्न स्थानका अस्पतालबाट संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो।

आइतबार ७५ जना संक्रमणमुक्त भइ अस्पतालबाट डिस्चार्ज भएका थिए।

मन्त्रालयका अनुसार भोजपुर, पाँचथर, संखुवासभा, रसुवा, मनाङ, मुस्ताङ सहित ६ जिल्ला कोरोनामुक्त भएका छन्।

हालसम्म कुन प्रदेशमा कति डिस्चार्ज ?

प्रदेश १– ७८९

प्रदेश २– २९७२

बागमती प्रदेश– ५१७

गण्डकी प्रदेश– १२०४

प्रदेश ५– ३९१०

कर्णाली प्रदेश– १६०८

सुदूरपश्चिम प्रदेश– २७५४

मन्त्रालयका अनुसार हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । लकडाउन हट्नु अगाडिको ६ दिनको कोरोना पोजेटिभ प्रतिशत ३.२ थियो भने त्यसपछिको ६ दिनको ३.३ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ४ : २१ बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते