विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न सर्वोच्चको आग्रह « Khabarhub

विचाराधीन मुद्दामा टीकाटिप्पणी नगर्न सर्वोच्चको आग्रह


१२ श्रावण २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- अदालतमा विचाराधीन अवस्थामा रहेको मुद्दाको काम कारवाही र न्याय सम्पादन प्रक्रियामा प्रभाव पार्ने गरी समाचारको प्रवाह वा टीकाटिप्पणी नगर्न सर्वोच्च अदालतले आग्रह गरेको छ ।

सर्वोच्च अदालतमा प्रवक्ता भद्रकाली पोखरेलले आज जारी गरेको प्रेस विज्ञप्तिमा न्यायपालिका आम नागरिकको आस्था, विश्वास र भरोसाबाट जीवन्त हुने संस्था भएको हुँदा काम कारवाहीका बारेमा भ्रम सिर्जना हुने गरी समाचार प्रवाह वा टीकाटिप्पणी नगर्न अनुरोध अनुरोध गरिएको छ ।

साथै, न्यायायापालिकाको मर्यादा र गरिमामा आँच आउन सक्नेतर्फ पनि ध्यान दिन भनिएको छ ।

स्वतन्त्र, निष्पक्ष, सुदृढ र सक्षम न्यायपालिका एवं विधिको शासनको सुनिश्चितता तथा न्यायपालिकाप्रतिको जनआस्था अभिवृद्धिमा अदालत सदैव गम्भीर, सचेत र संवेदनशील एवं पूर्णरुपमा प्रतिबद्ध रहेको उल्लेख छ ।

“लोकतान्त्रिक विधि र पद्धतिमा राज्यका हरेक पेसा र व्यवसायको न्यूनतम आचारसंहिता हुने र सार्वजनिक निकायको जवाफदेहितासरहको महत्व त्यस प्रकारका पेशागत आचारसंहिता पालनाको समेत रहने गर्दछ”, विज्ञप्तिमा भनिएको छ, “न्यायसम्पादनका क्रममा हुनसक्ने त्रुटि सच्याउने कार्य निर्धारित विधि र प्रक्रियाअनुरुप अदालतबाटै हुने मान्यतालाई संवैधानिक, कानूनी र न्यायिक अभ्यासका माध्यमबाट स्थापित गरिएको विदितै छ ।”

सर्वोच्चले जारी गरेको विज्ञप्ति

प्रकाशित मिति : १२ श्रावण २०७७, सोमबार  ८ : ०६ बजे

कालीगण्डकीको भेलले बगाएको फर्सेवासीको सपना

म्याग्दी– केही दिनअघिसम्म घर थिए । गोठ थिए । खेतबारी

क्यालिनिनग्राडमाथि हमला भए परमाणु हतियार प्रयोग गर्न सक्ने पुटिनको चेतावनी

मस्को– रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बाल्टिक क्षेत्रमा रहेको रुसी भूभाग

कामपामा सुत्केरी र नवजातको घरमै स्वास्थ्य जाँच

काठमाडौं –  काठमाडौं महानगरपालिकाले सुत्केरी आमा र नवजात शिशुको स्वास्थ्य अवस्थाबारे घरमै

डीजल संकटबीच ट्रम्पले दिए निर्यात रोक्ने संकेत

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशमा डिजेलको कमी देखिन थालेपछि

चाडपर्व नजिकिएसँगै खसीबोकाको कारोबार बढ्यो

सुनसरी– चाडपर्व नजिकिएसँगै धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारमा खसीबोकाको