दुहुको पहिरोमा २ जना बेपत्ता « Khabarhub

दुहुको पहिरोमा २ जना बेपत्ता


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दार्चुला- दार्चुला जिल्लाको दुहु गाउँपालिकाको वडा नं ३ को सल्लेखेतीमा मंगलबार बिहान करिब ५ बजे तिर माथिबाट घरमा पहिरो खस्दा एकै परिवारका दुई जना बेपत्ता भएका छन् ।

सल्लेखेतीका ५० वर्षीय राम दत्त जोशी र श्रीमती ४५ वर्षीय इन्द्रा जोशी बेपत्ता भएको उनका २१ वर्षीय छोरा सुनिल जोशीले प्रहरीलाई जानकारी दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सूचना अधिकारी सुरेन्द्र प्रसाद जोशीले जानकारी दिए।

घटनास्थल व्रह्मदेब प्रहरी चौकीबाट प्रहरी टोली विहानै घटनास्थलमा पुगेर उद्धार कार्य भइरहेको र जिल्ला प्रहरी कार्यालय दार्चुलाबाट प्रहरी निरीक्षकको नेतृत्वमा टोली बिहान ६ बजे घटना स्थलतर्फ गएको प्रहरी निरीक्षक जोशीले बताए । रमेश खत्रीबाट

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १० : ३७ बजे

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन