बाढीबाट हुने क्षति कम गर्न डुंगा सहयोग « Khabarhub

बाढीबाट हुने क्षति कम गर्न डुंगा सहयोग


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बाढीबाट हुने जोखिम कम गर्न यूएनडीपीले जिल्ला विपद व्यवस्थापन समितिलाई २ थान डुंगा सहयोग गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उक्त डुंगा विपद व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई प्रदान गरिएको हो ।

मन्त्रीबाट पाएको डुंगा प्रमुख जिल्ला अधिकारी कटुवालले स्थानीय निकायलाई हस्तान्तरण गरेका थिए । उक्त डुंगा जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका क्षेत्र भित्रका विपदमा परेका जनतालाई सहयोग हुने गरी नेपाली सेनाको रणभीम गण र शसस्त्र प्रहरीको नं. ९ हेडक्वाटर जलसागरको जिम्मा लगाइएको छ । डुंगासँगै लाईफ ज्याकेट,हेल्मेट लगायतका अन्य सामग्रीहरु समेत रहेको थियो । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहजिकरणमा डुंगा उपलब्ध गराइएको हो ।

यता डुंगा हस्तान्तरण गर्न जिल्ला प्रसासन कार्यालय महोत्तरी आइपुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले प्रदेशमा विगतको भन्दा अहिले रेस्क्यु सामग्री थपिएको बताउदै विस्तारै राहत र उद्धारको लागि प्रदेशको आफ्नै हेलिकप्टर समेत हुने सपना रहेको बताए । उनले सपना उच्च भएपनि सपना देखेपछि मात्र पुरा हुने भएकोले प्रदेश सरकारले हेलिकप्टर वारे सपनामात्र नभई त्यसलाई विपनामै परिणत गर्ने आट गर्न थालेको बताए ।

मन्त्री यादवले महोत्तरी तथा प्रदेश २ मै सुरक्षाकर्मीहरुसंग उद्धारकै लागि पर्याप्त तालिम प्राप्त जनशक्ति भएकोमा थप एडभान्स लेभेलको टे्रनिंगहरुको लागि समेत प्रदेश सरकार प्रतिवद्ध रहेको वताए । उनले राहत र उद्धारकै सन्दर्भमा वोल्दै राहत र उद्धारको अवस्था नै आउन नदिनु आफुहरुको लक्ष्य रहेको र सोहि अनुरुप वाढी आउने कारणहरुकै भरपर्दो उपचारको प्रयास प्रदेश सरकारबाट हुने बताए । सुभम साहबाट

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५० बजे

प्रहरी महानिरीक्षक कार्की र सशस्त्र प्रहरी महानिरीक्षक पौडेल न्यूयोर्क प्रस्थान

काठमाडौं – प्रहरी महानिरीक्षक दानबहादुर कार्की र सशस्त्र प्रहरी महानिरीक्षक

हात्ती आक्रमणका पीडितको समाधान गर्ने मन्त्री गौतमको प्रतिबद्धता

चितवन – कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

प्रविधिमार्फत निगरानी बढाउँदै ट्राफिक प्रहरी

काठमाडौं – उपत्यका ट्राफिक प्रहरी कार्यालयले प्रविधिको प्रयोगमार्फत निगरानी बढाएको

बङ्गलादेशको निर्यातमा सामान्य कमी

ढाका – सन् २०२५ को जुलाईदेखि सन् २०२६ को जुलाईसम्मको

चारआली ओभरपास : ५० प्रतिशत काम सम्पन्न

झापा – एसियाली राजमार्ग स्तरोन्नति आयोजनाअन्तर्गत झापाको मेचीनगरस्थित चारआलीमा निर्माणाधीन