बाढीबाट हुने क्षति कम गर्न डुंगा सहयोग | Khabarhub Khabarhub

बाढीबाट हुने क्षति कम गर्न डुंगा सहयोग


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- बाढीबाट हुने जोखिम कम गर्न यूएनडीपीले जिल्ला विपद व्यवस्थापन समितिलाई २ थान डुंगा सहयोग गरेको छ ।

प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र कुमार यादवले उक्त डुंगा विपद व्यवस्थापन समितिका अध्यक्ष महोत्तरीका प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाललाई प्रदान गरिएको हो ।

मन्त्रीबाट पाएको डुंगा प्रमुख जिल्ला अधिकारी कटुवालले स्थानीय निकायलाई हस्तान्तरण गरेका थिए । उक्त डुंगा जलेश्वर नगरपालिका र मटिहानी नगरपालिका क्षेत्र भित्रका विपदमा परेका जनतालाई सहयोग हुने गरी नेपाली सेनाको रणभीम गण र शसस्त्र प्रहरीको नं. ९ हेडक्वाटर जलसागरको जिम्मा लगाइएको छ । डुंगासँगै लाईफ ज्याकेट,हेल्मेट लगायतका अन्य सामग्रीहरु समेत रहेको थियो । सामुदायिक विकास तथा पैरवी मञ्च नेपाल बर्दिवासको सहजिकरणमा डुंगा उपलब्ध गराइएको हो ।

यता डुंगा हस्तान्तरण गर्न जिल्ला प्रसासन कार्यालय महोत्तरी आइपुगेको आन्तरिक मामिला तथा कानुन मन्त्री यादवले प्रदेशमा विगतको भन्दा अहिले रेस्क्यु सामग्री थपिएको बताउदै विस्तारै राहत र उद्धारको लागि प्रदेशको आफ्नै हेलिकप्टर समेत हुने सपना रहेको बताए । उनले सपना उच्च भएपनि सपना देखेपछि मात्र पुरा हुने भएकोले प्रदेश सरकारले हेलिकप्टर वारे सपनामात्र नभई त्यसलाई विपनामै परिणत गर्ने आट गर्न थालेको बताए ।

मन्त्री यादवले महोत्तरी तथा प्रदेश २ मै सुरक्षाकर्मीहरुसंग उद्धारकै लागि पर्याप्त तालिम प्राप्त जनशक्ति भएकोमा थप एडभान्स लेभेलको टे्रनिंगहरुको लागि समेत प्रदेश सरकार प्रतिवद्ध रहेको वताए । उनले राहत र उद्धारकै सन्दर्भमा वोल्दै राहत र उद्धारको अवस्था नै आउन नदिनु आफुहरुको लक्ष्य रहेको र सोहि अनुरुप वाढी आउने कारणहरुकै भरपर्दो उपचारको प्रयास प्रदेश सरकारबाट हुने बताए । सुभम साहबाट

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  १२ : ५० बजे

गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो

पोखरा– माघ ३० गतेका लागि तय भएको गण्डकी प्रदेशसभाको बैठक

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् ।

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई

रुबियोले इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने

एजेनसी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी

सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार?

 काठमाडौं– स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।  बिहीबार प्रतितोला