ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु  | Khabarhub Khabarhub

ललितपुर महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु 


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर- ललितपुर महानगरपालिकाले महानगरका मुख्य सडकमा स्मार्ट बत्ती जडान शुरु गरेको छ ।

महानगरपालिकाले नेपाल विद्युत प्राधिकरणसँग सहकार्य गरेर महानगरका मुख्य सडकमा बत्ती जडानको काम अगाडि बढाएको हो ।

महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले मंगलबार कुपण्डोलस्थित नबिल बैंक अगाडिको बत्तीको पोल राख्दै बत्ती जडान कार्यको उद्घाटन गरेका हुन् ।

महानगरभित्रका तीनवटा रुटमा ६ सय ६९ वटा बत्ती जडान गर्न लागिएको उनले बताए ।

महानगर प्रमुख महर्जनका अनुसार बाग्मती पुलबाट जवालखेल लगनखेल हुँदै सातदोबाटोसम्म, हिमालय होटेल(इनार), पाटनढोका, अशोक हल, क्वाल्खु हुँदै मंगलबजार लगनखेलसम्म, पुल्चोकबाट मंगलबजार हुँदै ग्वार्कोसम्म बत्ती जडान गरिनेछ ।

महानगर प्रमुख महर्जनले यो बत्ती सोलार बत्ती भन्दा कम खर्चमा जडान हुने बताए । उनले भने ,‘ यो बत्ती सोलार बत्तीभन्दा निकै प्रभावकारी हुनेछ ।’

ललितपुर महानगरपालिकाको गौरवशाली यो योजनाको भ्याटसहित कुल लागत पाँच करोड बीस लाख रहेको महानगरले जनाएको छ ।

परियोजनामा प्राविधिक सहयोग तथा निरीक्षण नेपाल विद्युत प्राधिकरणको रहेको छ । यस परियोजनाको सम्झौता २०७६ भदौ २ गते भएको थियो । काम सुरु भएको मितिले यो परियोजना ४५ दिन भित्र सम्पन्न हुने जनाइएको छ ।

यो सडक बत्तीलाई कम्प्युटरको सहायताले सर्भर रुमबाट नियन्त्रण गरिन्छ । अर्थात पोलै पिच्छे बत्ती निभाउन, बाल्न र बत्तीको पावर कम गर्न (डिमिङ) बत्ती जडान भएको ठाउँमा आउनु पर्दैन । सर्भर रुमबाट नै गर्न सकिने जनाइएको छ ।

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ७ : ३४ बजे

ट्रक दुर्घटनामा एकजनाको मृत्यु

मान्म– कालीकोटको नरहरिनाथ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा एकजनाको मृत्यु भएको

गण्डकी प्रदेशसभा बैठक फागुन २ गतेलाई सारियो

पोखरा– माघ ३० गतेका लागि तय भएको गण्डकी प्रदेशसभाको बैठक

युनुस सरकारको आलोचना गर्ने बंगलादेशी अभिनेत्री पक्राउ

ढाका- बंगलादेशी अभिनेत्री मेहर अफरोज शाओन पक्राउ परेकी छन् ।

स्थानीय व्यवसाय प्रवर्द्धन गर्न धरानमा विजिनेश एक्स्पो

धरान– स्थानीय उत्पादनको प्रवर्द्धन, व्यवसायलाई चलायमान बनाउन र आन्तरिक पर्यटनलाई

रुबियोले इजरायल, अरब राज्यहरूको भ्रमण गर्ने

एजेनसी – अमेरिकी विदेशमन्त्री मार्को रुबियोले गाजाको जनसङ्ख्या स्थानान्तरण सम्बन्धी