प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता « Khabarhub

प्रधानमन्त्री ओली र उपाध्यक्ष गौतमबीच भेटवार्ता


१३ श्रावण २०७७, मंगलबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र नेकपा उपाध्यक्ष वामदेव गौतमबीच मंगलबार साँझ भेटवार्ता भएको छ ।

नेताद्वयबीच नेकपाभित्र देखिएको विवाद तथा समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल भएको छ । करिब २ घन्टा गौतमसँग छलफल गरेर ओली बालुवाटार फर्किएका हुन्।

पार्टीभित्रको विवाद चर्किएका बेला ओली र गौतमबीच भेट भएको हो । तर गौतमको सचिवालयले दुई नेताबीचको भेट राजनीतिक उद्देश्यले नभएको दाबी गरेको छ ।

‘प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली आज उपाध्यक्ष वामदेव गौतमको भैँसेपाटीस्थित निवासमा पारिवारिक भेटघाटका क्रममा पुग्नुभएको हो । उक्त भेटमा दुबै तर्फबाट जम्मा ३० जनाको उपस्थिति थियो’ उपाध्यक्ष गौतमका प्रेस संयोजक विश्‍वमणि सुवेदीले भने, ‘केही समसामयिक विषयमा अनौपचारिक कुरा भए पनि भेटको उद्देश राजनीतिक होइन ।’

प्रधानमन्त्री फर्किएपछि गौतम निवासमा नेकपा महासचिव विष्णु पौडेल र उपाध्यक्ष गौतमबीच पनि छुट्टै छलफल भएको जनाइएको छ ।

ओलीले आजको स्थायी कमिटी बैठक स्थगित गरेपछि प्रचण्डले बैठक चलाएका थिए । बैठक अघि गौतमले पार्टीको विवाद समाधान गर्न ६ बुँदे प्रस्ताव पेस गरेका थिए ।

गौतमले एकता महाधिवेशन सहमतिमा गर्नुपर्ने पनि उल्लेख गरेका थिए।

पार्टीका बैठकहरु अब बालुवाटार नभइ केन्द्रीय कार्यालय धुम्बाराहीमा हुनुपर्ने उल्लेख गर्दै गौतमले मन्त्रिपरिषद पुनःगठन, संवैधानिक तथा राजनीतिक नियुक्ति पार्टी केन्द्रीय सचिवालयको सुझाव र परामर्शमा हुनुपर्ने समेत उल्लेख गरेका थिए।

नेकपाभित्र दुई अध्यक्ष प्रधानमन्त्री ओली र अर्का अध्यक्ष दाहालबी विवाद उत्कर्षमा पुगेपछि अहिले दौडधुप चलिरहेको छ।

प्रधानमन्त्री ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग दाहाल-नेपाल समूहले राख्दै आएका छन् भने प्रधानमन्त्रीले दुवै पद नछोड्ने अडान राख्दै आएका छन् ।

गौतम निवासमा प्रधानमन्त्री ओली केही तस्वीर

 

प्रकाशित मिति : १३ श्रावण २०७७, मंगलबार  ९ : ३५ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार