मास्क लगाउँदा चस्मा बाफले छोपिन्छ ? यस्ता छन् जोगिने उपाय « Khabarhub

मास्क लगाउँदा चस्मा बाफले छोपिन्छ ? यस्ता छन् जोगिने उपाय


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी कोरोना महामारीको प्रकोपका कारण अहिले सबैले मास्कको प्रयोग गर्छन् ।

कतिपयले आँखाको सुरक्षाका लागि चस्मा लगाउँछन् भने आँखा कमजोर भएकाहरुलाई चस्मा नलगाइ नहुने बाध्यता हुन्छ ।

यस्तो अवस्थामा मास्क लगाउँदा बाफले चस्मा छोपिने समस्या अधिकांशले व्यहोरिरहेका हुन्छन् ।

मास्क लगाउँदा चस्मा बाफले छोपिएमा के गर्ने भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ । यहाँ केही त्यस्ता टिप्सहरु दिइएको छ, जसले यो समस्याबाट छुटकारा पाउन सकिनेछ ।

– मास्क लगाउँदो चस्मामाथि पर्नेगरी नलगाउनुस् । चस्माले मास्कलाई थिचेर लगाउनु उपयुक्त मानिन्छ ।

– टिस्यू पेपरको सहयोगले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । जस्तो कि तपाइँले मास्क लगाइसकेपछि मास्कको माथिल्लो भागमा भित्रपट्टि केही टिस्यू पेपर हाल्नुस् । त्यसले नाक तथा मुखबाट निस्केको बाफ सोस्नेछ र चस्मामा बाफ पुग्न पाउने छैन । जसका लागि तपाइँले टेपले टिस्यू पेपरलाई मास्कको माथिल्लो भागमा टाँसेर लगाउन सक्नुहुनेछ ।

– साबुन पानीको प्रयोगले पनि तपाइँले केही हदसम्म यो समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ । यसका लागि तपाइँले चस्मा साबुन पानीले राम्ररी धुनुपर्ने हुन्छ । यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्न दिनेछैन ।

स्रोत- बीबीसी

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : १५ बजे

एनएमए निर्वाचनका लागि उम्मेदवारको अन्तिम नामावली सार्वजनिक

काठमाडौं– नेपाल चिकित्सक सङ्घ (एनएमए) को आगामी निर्वाचनका लागि निर्वाचन

प्रकाश शरण महतले गरे नुवाकोट १ मा मनोनयन दर्ता

नुवाकोट– पूर्व अर्थमन्त्री डा. प्रकाश शरण महतले नुवाकोट १ मा

झापा–२ मा प्रतिस्पर्धी उम्मेदवारबीच आत्मीयता

काठमाडौं – झापा क्षेत्र नम्बर २ बाट उम्मेदवारी दिएका सरिता

काठमाडौं- १ मा बाबुराम आचार्य कांग्रेसका बागी उम्मेदवार

काठमाडौं– नेपाली कांग्रेसले उम्मेदवारको टिकट नदिएपछि काठमाडौँ निर्वाचन क्षेत्र नम्बर

अमेरिका–युरोप सम्बन्ध बलियो र नजिक छ : बेसेन्ट

एजेन्सी– अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले मंगलबार युरोपसँग अमेरिकाको सम्बन्ध बलियो