मास्क लगाउँदा चस्मा बाफले छोपिन्छ ? यस्ता छन् जोगिने उपाय « Khabarhub

मास्क लगाउँदा चस्मा बाफले छोपिन्छ ? यस्ता छन् जोगिने उपाय


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विश्वव्यापी कोरोना महामारीको प्रकोपका कारण अहिले सबैले मास्कको प्रयोग गर्छन् ।

कतिपयले आँखाको सुरक्षाका लागि चस्मा लगाउँछन् भने आँखा कमजोर भएकाहरुलाई चस्मा नलगाइ नहुने बाध्यता हुन्छ ।

यस्तो अवस्थामा मास्क लगाउँदा बाफले चस्मा छोपिने समस्या अधिकांशले व्यहोरिरहेका हुन्छन् ।

मास्क लगाउँदा चस्मा बाफले छोपिएमा के गर्ने भन्ने विषय सबैलाई जानकारी नहुन सक्छ । यहाँ केही त्यस्ता टिप्सहरु दिइएको छ, जसले यो समस्याबाट छुटकारा पाउन सकिनेछ ।

– मास्क लगाउँदो चस्मामाथि पर्नेगरी नलगाउनुस् । चस्माले मास्कलाई थिचेर लगाउनु उपयुक्त मानिन्छ ।

– टिस्यू पेपरको सहयोगले पनि यो समस्याबाट छुटकारा पाउन सकिन्छ । जस्तो कि तपाइँले मास्क लगाइसकेपछि मास्कको माथिल्लो भागमा भित्रपट्टि केही टिस्यू पेपर हाल्नुस् । त्यसले नाक तथा मुखबाट निस्केको बाफ सोस्नेछ र चस्मामा बाफ पुग्न पाउने छैन । जसका लागि तपाइँले टेपले टिस्यू पेपरलाई मास्कको माथिल्लो भागमा टाँसेर लगाउन सक्नुहुनेछ ।

– साबुन पानीको प्रयोगले पनि तपाइँले केही हदसम्म यो समस्याबाट छुटकारा पाउन सक्नुहुनेछ । यसका लागि तपाइँले चस्मा साबुन पानीले राम्ररी धुनुपर्ने हुन्छ । यसो गर्दा बन्ने पातलो झिल्लीले चस्मामा बाफ बस्न दिनेछैन ।

स्रोत- बीबीसी

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : १५ बजे

परराष्ट्रमन्त्री खनाल र चिनियाँ समकक्षी वाङबीच वार्ता: नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन नदिने प्रतिबद्धता

काठमाडौँ – चीनको चारदिने औपचारिक भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल

कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार

बागमती– बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्ष (आव) २०८३–८४ को

एकमहिने मत्स्यनारायण मेला सम्पन्न

भक्तपुर– तीन सय वर्ष पुरानो ऐतिहासिक मत्स्यनारायण मन्दिर परिसरमा लागेको

प्रतिनिधिसभा बैठक बस्दै, मन्त्रालयगत बजेटमाथि छलफल जारी रहने

काठमाडौँ– संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ ।

यी भूभागमा चट्याङसहित मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल