बाजुराको ताम्सुमा पहिरोले घर बगायो,  ५० घरपरिवार जोखिममा « Khabarhub

बाजुराको ताम्सुमा पहिरोले घर बगायो,  ५० घरपरिवार जोखिममा


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाजुरा – बाजुराको त्रिवेणी नगरपालिका–९ ताम्सुमा पहिरोले एक घर बगाएको छ ।

मङ्गलबार रातिदेखि निरन्तर वर्षाका कारण पहिरो आएर घर बगाएको हो । पहिरो अहिले पनि बगिरहेको स्थानीयवासी मदन थापाले बताए । उनका अनुसार एक घर पूर्णरूपमा बगाइसकेको र पाँच घर पहिरोका नजिक रहेकाले जोखिममा छन् । ताम्सुमा ५० घरपरिवार छन् ।

पहिरो निरन्तर बग्ने हो भने गाउँ नै जोखिममा रहने स्थानीयवासीले बताएका छन् । यता बूढीगङ्गा नदीले झोलुङ्गे पुल बगाएका कारण आवतजावतमा समेत समस्या भएको थापाले बताए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : १७ बजे

राजश्व कार्यालय तुलसीपुरबाट चार अर्ब ३० करोड बढी राजस्व सङ्कलन

दाङ– आन्तरिक राजस्व कार्यालय तुलसीपुरले गत आर्थिक वर्ष (आव)२०८२–८३ मा

झापा र पूर्वी पहाडी जिल्लामा १४ किलोमिटर बढी तटबन्ध निर्माण

झापा– सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना झापाले आर्थिक वर्ष २०८२–८३

विवाद, राजनीति र व्यापारका बीच सकियो विश्वकप: भर्डेको चमत्कारदेखि ट्रम्पको हस्तक्षेपसम्म

काठमाडौँ – फिफा अध्यक्ष जियानी इन्फान्टिनोले अमेरिका, मेक्सिको र क्यानडाले

तयारी पोशाक उद्योगीसँग छलफल गर्दै प्रधानमन्त्री बालेन

काठमाडौँ – प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोशाक उद्योग संघका

बाढीले क्षतिग्रस्त ९ करोडका विद्युतीय गाडी एक वर्षदेखि भन्सारमै अलपत्र (फोटो फिचर)

रसुवा – अघिल्लो वर्ष ल्हेन्दे खोलामा आएको बाढीले क्षतिग्रस्त बनाएका