वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यी सावधानी « Khabarhub

वर्षायाममा सागपात खाँदा अपनाउनुहोस् यी सावधानी


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल बजारमा प्रशस्त मात्रामा वेमौसमी तरकारीहरु पाइन्छ ।

बेमौसमी तरकारीमा मानिसको आर्कषण बढे पनि यसको सेवनले भने कतिपय अवस्थामा हाम्रो शरीरमा हानी पुर्याउँदछ । अझ वर्षायाममा पात भएका साग तथा तरकारीको सेवन भने अन्य मौसमको तुलनामा हानिकारक हुन्छ ।

अन्य मौसममा स्वस्थकर मानिए पनि वर्षाको मौसममा हरियो तरकारी र सागपात स्वास्थको लागि हानिकारक हुन सक्छ ।

वर्षायाममा हरिया तरकारीमा रोगका किटाणुहरु पाइन सक्छ । ती किटाणु वर्षाको फोहोर र आकाशबाट परेको पानीसंगै बारीसम्म पुग्ने गर्दछन् । तसर्थ यस्ता सागपात वा तरकारी खानु अघि निम्न सावधानी अपनाउन आवश्यक हुन्छ ।

१. बजार वा बारीबाट ल्याइएको तरकारीलाई तातो पानीमा पखाल्ने ।
२. तरकारी पकाउन प्रयोग गरिने पानी तातो नै प्रयोग गर्ने ।
३. तरकारी पकाउँदा पर्याप्त समयसम्म पकाउने काँचो नखाने ।
४. सागपात वा पात भएका तरकारी पकाउँदा छोपेर मात्र पकाउने ।
५. यो मौसममा हरियो पात भएको तरकारीको सट्टा मौसमी तरकारी भिन्डि, परवल, बोडी, करेला खान सकिन्छ ।

वर्षायाममा पाचनपक्रिया सुस्त हुने गर्दछ । तसर्थ यस मौसममा सफा, स्वस्थ्यकर र पौष्टिकजन्य तरकारी खानु पर्दछ । तर यस्ता तरकारी पकाउँदा काँचो, धेरै तेलको प्रयोग गरेर, पिरो, मसलायुक्त खानु हुदैन ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ३९ बजे

नेपाल–चीन सीमा बैठकमा अपराध नियन्त्रण तथा नागरिक सुरक्षा प्राथमिकतामा

रसुवा– नेपाल र चीनबीचको नियमित सीमा समन्वय बैठक रसुवाको धुञ्चेस्थित

पोखराको अतिक्रमित फिर्के खोलालाई प्राकृतिक बहावमा ल्याइँदै

कास्की– पोखराको मध्य भाग भएर बग्दछ फिर्केखोला । पोखराको अँधेरीकुनाबाट

ट्राफिक कारबाहीः २४ घण्टामा चार लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ – ट्राफिक प्रहरीले पछिल्लो २४ घण्टाको अवधिमा काठमाडौँ उपत्यकाका

पोखरा बसपार्क क्षेत्रका अतिक्रमित संरचना हटाउन निर्देशन

गण्डकी – पोखरा बसपार्क क्षेत्रभित्र रहेका घर पसललगायत सबै संरचना

कृषिकर्ममा रमाउँछन् बलिउड स्टार

दिनभरि क्यामेराको फ्ल्यास, रेड कार्पेटको चमकदमक र लाखौँ फ्यानको नजरबीच