भारतलाई जवाफ : कालापानी–लिम्पियाधुरा नेपालको हो, नेपाली रोकिँदैनन् « Khabarhub

भारतलाई जवाफ : कालापानी–लिम्पियाधुरा नेपालको हो, नेपाली रोकिँदैनन्


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतले नेपालीलाई कालापानी–लिम्पियाधुरा क्षेत्र प्रवेशमा रोक लगाउन भन्दै पत्र लेखेपछि नेपालले त्यसको जवाफ फर्काएको छ ।

जिल्ला प्रशासन कार्यालय दार्चुलाले मंगलवार पत्रको जवाफ फर्काएको हो ।

धार्चुलाबाट गुन्जी, कालापानी–लिम्पियाधुरा क्षेत्रमा नेपाली आवतजावत बढेको भन्दै त्यसमा रोक लगाउन भन्दै धार्चुलाले जिल्ला प्रशासन कार्यालय दार्चुलालाई पत्र लेखेको थियो ।

जिप्रका दार्चुलाले गुन्जी, कालापानी, लिम्यियाधुरा लगायत क्षेत्र नेपालका भू–भाग भएकाले नेपालीहरुको आवतजावत स्वभाविक भएको बताएको छ ।

सन् १८१६ को सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरुका आधारमा कालीनदी र लिम्पियाधुरा नेपालको भएको पत्रमा लेखिएको छ ।

‘सन् १८१६ मा सम्पन्न सुगौली सन्धीको धारा ५ र त्यस चरणमा प्रकाशित नक्सा एवम् तथ्य प्रमाणहरूका अनुसार कालीनदी र लिम्पियाधुरा, नाबी, कुटी, गुन्जी, कालापानी, लिपुलेक लगायतका क्षेत्र नेपालको भू–भाग रहेको कुरा प्रष्ट नै छ,’ भारतलाई पठाइएको पत्रमा लेखिएको छ, उल्लेखित भू–भाग नेपाली भएको हुँदा नेपालीहरूको आवतजावत हुनु स्वभाविक नै रहेको र त्यसमा कुनै बाधा अड्चन हुनुहुँदैन भन्ने नेपाल सरकारको धारणा रहेको जानकारी गराइन्छ ।’

गत नोभेम्बरमा भारतले कालापानी, लिम्पियाधुरा समेटेर नयाँ नक्सा जारी गरेपछि दुई देशबीच विवाद शुरु भएको थियो । त्यसपछि सरकारले नेपालको कालापानी, लिम्पियाधुरा लगायतका क्षेत्र समेटेर जेठ ७ मा नयाँ नक्सा जारी गरेको थियो ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १ : ४५ बजे

एमाले महाधिवेशन : विद्युतीय मेसिनमा सुस्त मतदान, दुई हजार मत खस्यो

काठमाडौं – नेकपा (एमाले)को ११ औं महाधिवेशनको मतदान जारी छ

निर्वाचन ७७ दिन बाँकीः नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक

काठमाडौं – निर्वाचन आयोगले ‘निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमयदर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर

बिहीबार भगवान विष्णुको पूजा

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार

आज २०८२ साल पुस ३ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस ३ गते बिहीबार तदनुसार