कोरोनाका कारण अमेरिकामा एकैदिन १ हजार ५९२ को मृत्यु « Khabarhub

कोरोनाका कारण अमेरिकामा एकैदिन १ हजार ५९२ को मृत्यु


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकामा कोरोना भाइरसको सङ्क्रमणको. कारण मङ्गलबार एकै दिनमा १ हजार ५९२ जनाको मृत्यु भएको जोन्स हप्किन्स् विश्वविद्यायले जानकारी दिएको छ ।

गत २४ घण्टामा कोरोना भाइरसका कारण भएको यो मानवीय क्षति गएको साढे दुई महिना यताको नै सबैभन्दा बढी भएको जनाइएको छ ।

स्थानीय समयानुसार मङ्गलबार राति ८ः१० सम्म एकै दिनमा अमेरिकामा ६० हजार कोरोना भाइरसका नयाँ सङ्क्रमित थपिएका बाल्टिमोर आवद्ध विश्वविद्यालयल जानकारी दिएको छ ।

अमेरिकामा ४४ लाख ९८ हजार ३४३ जनाको सङ्क्रमित भएका छन् भने १ लाख ५२ हजार ३२० जनाको मृत्यु भइसककेको छ ।

कोरोना भाइरसको कारण विश्वभरीमा एक करोड ६९ लाख १ हजार ४०७ जना सङ्क्रमित भएका छन् । गतवर्षको डिसेम्बर महिनाबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको यस भाइरसको कारण विश्वभरीमा ६ लाख ६३ हजार ५५७ व्यक्तिको मृत्यु भइसकेको छ ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  १ : ५५ बजे

मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जना पक्राउ

काठमाडौं – प्रहरीले मुलुकका विभिन्न स्थानबाट लागुऔषधसहित २२ जनालाई पक्राउ

आईपीएल : चेन्नईविरुद्ध ब्याटिङ गरिरहेको मुम्बईले चौथो विकेट गुमायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार चेन्नई सुपर

सङ्कटालाई पराजित गर्दै आर्मी महिला गोल्डकपको फाइनलमा

कास्की – पोखरामा जारी महिला गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा विभागीय

छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ जनाको मृत्यु

काठमाडौं – मुलुकका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा आठ

अमेरिकालाई जवाफ दिन इरानी सेना तयारी अवस्थामा छ : इरानी सैन्य अधिकारी

काठमाडौं – इरानका वरिष्ठ सैन्य अधिकारी मोहम्मद जाफर असदीले अमेरिका