बैठकको माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान | Khabarhub Khabarhub

बैठकको माग गर्दै नेकपा केन्द्रीय सदस्यको हस्ताक्षर अभियान


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी नेकपाका केन्द्रीय सदस्यहरु पार्टी कार्यालय धुम्बाराहीमा भेला भएका छन् ।

पार्टी आन्तरिक विवादमा फसेपछि नेतृत्वलाई दबाब दिन केन्द्रीय सदस्यहरु एकजुट भएका हुन् । आन्तरिक विवादले पटक पटक स्थायी कमिटी बैठक स्थगित भएपछि केन्द्रीय सदस्यले केन्द्रीय समिति बैठक बोलाउन हस्ताक्षर नै संकलन गरेको नेता ठाकुर गरैले जानकारी दिए ।

अहिले १४० भन्दा बढीले लिखित हस्ताक्षर गरेका छन् । केन्द्रीय कार्यालयमा भेला भएका नेताले नेतृत्वलाई दबाब दिने बताएका छन् ।

केन्द्रीय समिति सदस्यहरुको भेला धुम्बाराहीमा भएको जानकारी दिँदै नेता गैरले भने, ‘पार्टी एकता जोगाउन हामी एकजुट हुँदैछौ । नेतृत्वलाई छाडा हुन दिँदैनौं । पार्टी एकताको मर्म अनुसार नेतृत्व अघि बढ्नुपर्छ ।’

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ०२ बजे

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्

चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

बेइजिङ – चीनमा सवारीसाधनको बिक्री मे महिनामा उल्लेखनीय रूपमा वृद्धि

हुल बाँधेर आउन थाले बाहुनडाँगीमा हात्ती

झापा – झापाको मेचीनगर–४ बाहुनडाँगीका बासिन्दा दैनिक भारतबाट हुल बाँधेर