सिंहदरबारका कर्मचारीको पीसीआर परीक्षण सुरू « Khabarhub

सिंहदरबारका कर्मचारीको पीसीआर परीक्षण सुरू


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि सरकारले सिंहदरबार भित्रका कर्मचारीको पीसीआर परीक्षण शुरू गरेको छ ।

कार्यालय सहयोगी, सवारी चालक र प्रत्यक्ष बाहिरी मान्छेको सम्पर्कमा रहने ५ सयदेखि ७ सय कर्मचारीको पीसीआर परीक्षणका लागि बुधबार नमुना संकलन गरिएको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव महेन्द्र प्रसाद गुरागाईंका अनुसार सिंहदरबार भित्रका सबै कार्यालयका करिब ७ सय कर्मचारीको नमुना संकलनको तयारी भएको छ । परीक्षणपछि उपत्यका भित्रको अवस्था के छ भनेर आंकलन गर्न सकिने उनले बताए ।

काठमाडौं उपत्यकामा मंगलबार मात्रै ५३ जनामा कोरोना संक्रमण देखिएको थियो । जसमा २३ जना प्रहरी रहेका छन् । उपत्यकामा कुल संक्रमितको संख्या ४ सय ७७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्याङ्क अनुसार काठमाडौंमा ३ सय ३६, ललितपुरमा ९० र भक्तपुरमा ५० जना कोरोना संक्रमित रहेका छन् ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ४ : ०८ बजे

अरूको बैंक खाता प्रयोग गर्ने तीन महिला पक्राउ

झापा । आर्थिक रूपमा कमजोर तथा मजदुरी गरेर जीविका चलाउने

हानि र नोक्सानी सम्बोधन कोषले पठायो नेपालको पत्रको जवाफ

काठमाडौं । संयुक्त राष्ट्रसंघीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको हानि र

रसुवा बाढी : जलविद्युत आयोजनामा कार्यरत ९१६ जना सम्पर्कविहीन

काठमाडौं । भदौ १० गते रसुवाको भोटेकाटी हुँदै त्रिशूली नदीमा

इच्छाराज तामाङलाई साढे ५ वर्ष कैद र ५० हजार जरिबाना

काठमाडौँ – सिभिल सहकारीका सञ्चालक इच्छाराज तामाङलाई साढे ५ वर्ष

विपद्को समयमा सबैको साथ र सहयोग आवश्यक छ: प्रचण्ड

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल