विभाग गठनबारे पौडेल पक्षले सभापति देउवालाई ध्यानाकर्षण गराउने « Khabarhub

विभाग गठनबारे पौडेल पक्षले सभापति देउवालाई ध्यानाकर्षण गराउने


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसका असन्तुष्ट नेताहरुले पार्टी सभापति शेरबहादुर देउवालाई भेटेर लिखित रुपमा ध्यानाकर्षणपत्र बुझाउने निर्णय गरेका छन् ।

पार्टी कार्यालय सानेपामा भएको वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुको भेलाले सभापति शेरबहादुर देउवाले विधानविपरित विभागहरु गठन गरेको भन्दै ध्यानाकर्षण पत्र बुझाउने निर्णय गरेको कांग्रेस केन्द्रीय सदस्य बद्री पाण्डेले जानकारी दिए ।

नेता पाण्डेले भने, ‘विभागहरूमा पछिल्लो समय गरिएको मनोनयन राेक्न माग गर्दै लिखितपत्र बुझाउने सहमति भएको हो । कहिले बुझाउने भन्ने विषयमा वरिष्ठ नेता र सभापतिका बिचमा छलफल भएपछि समय निर्धारण हुन्छ ।’

भेलामा वर्तमान कार्यसमितिको कार्यकाल सकिने बेलामा विभागहरुलाई पूर्णता दिदै जाँदा महाविधेशन प्रभावित हुने निष्कर्ष समेत निकालेको अर्का केन्द्रीय सदस्य नविन्द्रराज जोशीले जानकारी दिए ।

उनले भने,‘कार्यकाल सकिएपछि विभाग नबनाउने भन्ने सहमति भएको थियो । आजको छलफलमा विधानविपरित भएको काम, सक्रिय सदस्यहरुका विषयमा छलफल भयो । सभापतिलाई भेटेर ध्यानाकर्षण बुझाउने भन्ने सहमति भएको छ ।’

छलफलका क्रममा महासमिति बैठकले तय गरेको भन्दा बढी विभाग नबनाउने भन्ने कुरालाई ध्यान दिन सभापति देउवालाई आग्रह गर्ने निर्णय समेत भएको नेता पाण्डेले बताए ।

उनले भने,‘निर्वाचनलाई प्रभावित गर्नेगरी भएका मनोनयनका विषयमा छलफल भयो । सदस्यता वितरणमा पनि पारदर्शीता कायम गर्नुपर्‍यो भन्ने आजको बैठकको निष्कर्ष हो ।’

अरु पार्टी परित्याग गरेर कांग्रेस प्रवेश गरेका नेताहरुलाई दिइने जिम्मेवारीका विषयमा समेत पार्टीमा सहमति गर्न दबाब दिने निर्णय आजको भेलाले गरेको नेता पाण्डेले बताए ।

सभापति देउवाले रिक्त रहेका विभागहरु गठनको कामलाई निरन्तरता दिएका बेला असन्तुष्ट पौडेल पक्षका नेताहरुको बैठक भएको हो ।

सभापति शेरबहादुर देउवाले आज मात्रै पनि ४ सय ७९ जना नेताहरुलाई कांग्रेसको ज्येष्ठ राजनीतिक सभामा मनोनयन गरेका थिए ।

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ६ : ३९ बजे

एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई दियो १३१ रनको चुनौती

काठमाडौँ – मलेसियामा जारी एसीसी महिला प्रिमियर कपमा थाइल्यान्डले नेपाललाई

सुकुम्वासीको नयाँ सङ्कट: आश्रयस्थलमा बढ्दै लागुऔषध दुर्व्यसनी

काठमाडौँ – थापाथलीस्थित बागमती नदी किनारबाट विस्थापित भई कीर्तिपुरको राधास्वामीस्थित

वसन्त ऋतुको हिमाल आरोहण सकियो, एक अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ– सन् २०२६ को वसन्त ऋतुमा विश्वको सर्वोच्च शिखर सगरमाथासहित

०८३ को सुरुवात : दयनीय बक्स अफिस कलेक्सन

काठमाडौँ- ०८३ सालको सुरुवाती दुई महिना नबित्दै ११ वटा फिल्म

हुरीका कारण नवलपरासीको विनयी त्रिवेणीमा १७ घर र दुई गोठमा क्षति

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिका–१ सिसेनी क्षेत्रमा मङ्गलबार