बीपी प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु « Khabarhub

बीपी प्रतिष्ठानमा मोरङका एक कोरोना संक्रमितको मृत्यु


१४ श्रावण २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारत एकजना कोरोना संक्रमितको मृत्यु भएको छ ।

प्रतिष्ठानका प्रवक्ता डाक्टर निदेश सापकोटाले मोरङका ४५ वर्षका पुरुषको मृत्यु भएको खबरहबलाई बताए ।

डा सापकोटाका अनुसार उनी आज दिउँसो कोशी अस्पतालबाट रेफर गरिएका बिरामी हुन । उनलाई आज दिउँसो करिव एक बजे एकजना एम्बुलेन्स चालकले प्रतिष्ठानमा ल्याएका थिए ।

प्रतिष्ठानमा आइपुग्दा ती बिरामी वेहोस् अवस्थामा थिए । प्रतिष्ठानले उनलाई भेन्टिलेटरमा राखेर उपचार शुरु गरेको थियो । तर उनको आज बेलुका ४ बजेर ४५ मिनेटमा मृत्यु भएको डा सापकोटाले जानकारी दिए ।

कोरोना संक्रमण पुष्टि भएका ती पुरुष गम्भिर अवस्थामा भए पनि कोशी अस्पतालले प्रतिष्ठानसँग समन्वय नै नगरी रेफर गरिएको डा सापकोटाको भनाइ छ । कोशी अस्पतालले बिरामीको रेफरल पेपरमा कोभिडका बिरामी लेखेर रेफर गरेको डा सापकोटाले बताए ।

“विराटनगरको कोशी अस्पतालको कोभिड अस्पतालबाट उहाँलाई रेफर गरियो, एम्बुलेन्समा केवल ड्राइभरले उहाँलाई ल्याएका थिए । यहाँ ल्याइदा उताबाट समन्वय नै भएन, यस्तो सिरियस बिरामी रहेछन्,” डा सापकोटाले भने, “बिरामी हाम्रोमा आउँदा तुरुन्त भेन्टिलेटरमा राख्नुपर्ने वेहोस् अवस्थामा हुनुहुन्थ्यो । एक बजे यहाँ ल्याइएको थियो, भेन्टिलेटरमा राखेर उपचार थाल्यौं, तर बेलुका ४ बजेर ४५ मिनेटमा उहाँको मृत्यु भयो ।”

प्रकाशित मिति : १४ श्रावण २०७७, बुधबार  ९ : ४४ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले