चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह | Khabarhub Khabarhub

चीनमाथिको परनिर्भरता कम गर्न भारतलाई अमेरिकाको आग्रह


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- अमेरिकाले भारतलाई चीनमाथिको परनिर्भरता कम गर्न आग्रह गरेको छ ।

अमेरिकी विदेश मन्त्री माइक पम्मेओले भारतलाई आन्तरिक उत्पादनलाई बढाउन र त्यसको वितरण बढाई चीनमाथिको निर्भरता कम गर्न आग्रह गरेक हुन्।

अमेरिका र चीनबीचको सम्बन्धमा दरार आइरहेका बेला अमेरिकी विदेशमन्त्री पम्पेओले भारतलाई पनि टेलिकम्युनिकेसन र स्वास्थ्य सामाग्री लगायत क्षेत्रमा चीनमाथिको परनिर्भरतालाई कम गर्न आग्रह गरेका हुन् ।

उनले भारतको आन्तरिक बजारमै टेलिकम्युनिकेसन, मेडिकल सामग्री र अन्य वस्तुहरुको उत्पादन र वितरण गर्न सक्षम हुनेतर्फ जोड दिन आवश्यक रहेको बताए।

पम्पेओले भने भारतले अहिले विश्वभरबाट विश्‍वास आर्जन गरेको छ, अमेरिकाको पनि भारतमाथि ठूलो विश्वास छ त्ससैले भारतले आन्तरिक बजारलाई प्रबर्द्धन गर्ने यो उत्तम समय हो।

अमेरिकाले चीनमाथि हुवावेमार्फत जासुसी गरेको, हङहङ र सिन्जियाङमा मानवअधिकार उल्लंघन गरेको, कोरोना भाइरसको संक्रमण फैलिन नदिन पारदर्शी नबनेको लगायत आरोप लगाइरहेको छ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  १० : ३७ बजे

शुक्रबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय

शुक्रबार, सन्तोषी माता र वैभवलक्ष्मीको पूजा

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

आज २०८२ साल साउन ३० गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३० गते शुक्रबार। भाद्र

पौडी टोली रोमानिया जाने

काठमाडौं – विश्व एक्वेटिक जुनियर च्याम्पियनसिपमा सहभागी हुन चार सदस्यीय

पर्साको सखुवाप्रसौनीबाट लुकाइछिपाइ राखेको १९१ बोरा रासायनिक मल बरामद

पर्सा – पर्साको सखुवाप्रसौनी गाउँपालिका–३ कटैयामा किसानलाई वितरण नगरी घरमा