रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, चाहन्थे ब्रेकअप « Khabarhub

रियासँगको सम्बन्धका कारण तनावमा थिए सुशान्त, चाहन्थे ब्रेकअप


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – सुशान्त सिहं राजपूतको आत्महत्या केशमा अर्को मोड आएको छ । रिया चक्रवर्तीलाई लिएर सुशान्तकी पूर्व गर्लफ्रेण्ड अंकिता लोखंडेले खुलासा गरेकी छिन् ।

बिहार प्रहरीलाई अकिंताले बताएअनुसार फिल्म ‘मणिकर्णिका’ को प्रचारका बेला सुशान्तले विश गर्न म्यासेज गरेका थिए ।

त्यतिबेला दुवैबीच च्याट भयो र कुराकानी पनि भयो । सुशान्तले च्याटका क्रममा अकिंतालाई आफू रियासँगको सम्बन्धमा खुशी नभएको बताएका थिए ।

‘उनी रियासँगको सम्बन्धका बारेमा निकै तनावमा थिए, उनी यो सम्बन्ध टुटाउन चाहन्थे किनकि रिया चक्रवर्तीले उनलाई निकै हैरान बनाएकी थिइन्,’ अकिंताले भनेकी छिन् ।

अकिंताले उक्त च्याट बिहार प्रहरीसँग शेयर गरेकी छिन् ।

सुशान्तको मृत्युपछि अंकिता दुईपटक पटना गएकी थिइन् । त्यतिबेला उनले सुशान्तकी बहिनी स्वेतालाई पनि भेटेकी थिइन् । अकिंताले स्वेतालाई उक्त च्याट देखाएकी थिइन् ।

अकिंताले यस विषयमा ट्वीट पनि गरेकी छिन् । उनले आफ्नो इन्स्टाग्राममा लेखेकी छिन् – सत्यले जित्छ ।

हालै सुशान्तका पिताले पनि रियाविरुद्ध उजुरी दिएका थिए । उनले रियाका कारण सुशान्तले आत्महत्या गरेको उजुरीमा लेखेका थिए ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ११ : ४५ बजे

विवादित पात्रलाई कसले बनायो जेन-जीको मञ्चमा अतिथि ?

काठमाडौं- विगतमा विभिन्न अपराध तथा विवादमा मुछिएका दुई व्यक्ति जेन-जी

यमनमा हुथी–साउदी द्वन्द्व चर्कियो, ३२ हवाई आक्रमण भएको दाबी

एजेन्सी- यमनमा इरानसमर्थित हुथी विद्रोही र साउदी अरबबीचको द्वन्द्व चर्किएको छ।

बाढीपीडितका लागि विदेशबाट आउने राहत सामग्रीमा हवाई ढुवानी शुल्क छुट

काठमाडौं– नेपाल वायुसेवा निगमले हालै आएको बाढी तथा प्राकृतिक विपद्बाट

जेन-जी आन्दोलनको एक वर्ष : दिशाहीन छ देशको अर्थराजनीति

काठमाडौं– गत वर्षको भदौ २३ गते जेन–जी पुस्ताका युवाहरूको आह्वानमा

‘विपद्को बेला पनि केपी ओलीमाथि नानाभाँती आरोप लगाएर राजनीति गरिँदै छ’

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गत वर्ष भदौ