क्वारेन्टाइन सञ्चालन भएका विद्यालय स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने | Khabarhub Khabarhub

क्वारेन्टाइन सञ्चालन भएका विद्यालय स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने


१५ श्रावण २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकारले साउनभरमा विद्यालय पुगिसक्न सबै शिक्षकलाई निर्देशन दिएको छ।

साउन १२ गते प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिषरिषद् बैठकले साउनभरमा विद्यालय पुग्न शिक्षकहरुलाई निर्देशन दिने निर्णय गरेको हो।

यसका साथै मन्त्रिपरिषद्को बैठकले कोरोना महामारीका बेला क्वारेन्टाइन सञ्चालन भएका सबै विद्यालयलाई स्थानीय तहले निर्मलीकरण गर्नुपर्ने निर्णय गरेको छ। विद्यालय निर्मलीकरणको कार्यढाँचा बनाउने जिम्मा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई दिएको छ।

यसका साथै सरकारले गत शैक्षिक सत्रमा परीक्षा लिएर नतिजा प्रकाशन गर्ने बाँकी रहेको भए सो कार्य पूरा गर्न समेत भनिएको छ।

सरकारले यसअघि नै भदौ १ देखि नयाँ भर्ना कार्यक्रम सञ्चालन गर्ने निर्णय गरिसकेको छ। विद्यालयमा पाठ्यपुस्तक पुग्न बाँकी भएको बाँकी भए उपलब्ध गराउँदै वितरण समेत गर्न सुरु गर्ने सरकारले निर्णय गरेको छ।

अब कुनै पनि विद्यालयमा क्वारेन्टाइन सञ्चालन नगर्न समेत सरकारले निर्देशन दिएको छ। यसका साथै विद्यालय नजिक कुनै पनि कोभिड-१९ सम्बन्धी कुनै पनि कार्य सञ्चालन नगर्न सरकारले निर्देशन दिएको छ।

प्रकाशित मिति : १५ श्रावण २०७७, बिहीबार  ३ : ३९ बजे

नेपाललाई हराउँदै स्कटल्याण्डले जित्यो टी–२०आई सिरिजको उपाधि

काठमाडौं – नेपाललाई हराउँदै स्कटल्याण्डले त्रिकोणात्मक टी–२० सिरिजको उपाधि जितेको

सङ्घीय निजामती विधेयक असारभित्रै आउने

रौतहट – सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले सङ्घीय

बनेपा नगरको बजेट रु एक अर्ब २४ करोड ६५ लाख

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकको बनेपा नगरपालिकामा आगामी आर्थिक वर्ष २०८२/८३ का

नेपालले सस्तैमा गुमायो पाँच विकेट, कप्तान पनि आउट

काठमाडौं – त्रिकोणात्मक टी–२० सिरिजमा आयोजक स्कटल्यान्डले दिएको १९४ रनको

वामपन्थी ध्रुवीकरणका लागि नेताहरूबीच छलफल

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का सम्मानित नेता