भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ४८ बजे

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका

माइतीघरमा टेण्ट टाँगेर बसेकालाई रातभरिमा खाली गर्न प्रहरीको उर्दी

काठमाडौँ । काठमाडौँको माइतीघरमा धर्नामा बसेकाहरूलाई तत्काल उक्त ठाउँ छोडेर

एआई क्षेत्रको दबाबले विश्व सेयर बजार प्रभावित

३० भदौ, टोकियो (रासस/एपी) ।आर्टिफिसियल इन्टेलिजेन्स (एआई) क्षेत्रका कम्पनीको शेयर

सुडान तीव्र भोकमरी र विस्थापन सङ्कट : राष्ट्रसङ्घ

३० भदौ, न्युयोर्क (रासस/क्युएनए) । संयुक्त राष्ट्रका एक वरिष्ठ अधिकारीले