भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित « Khabarhub

भारतमा कोरोना संक्रमितको दैनिक नयाँ रेकर्ड, एकै दिन सर्वाधिक ५४ हजार बढी संक्रमित


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

बुधबारको तुलनामा बिहीबार झण्डै ३ हजार संक्रमित बढेका भारतमा शुक्रबार पनि करिव ३ हजार संक्रमित थपिदै नयाँ रेकर्ड कायम भएको छ ।

शुक्रबार यो समाचार तयार पार्दासम्म भारतमा ५४ हजार ९६६ जना संक्रमित थपिएका छन् ।

भारतमा एकै दिन संक्रमण पुष्टि भएको यो संख्या अहिलेसम्मकै धेरै हो । योसँगै भारतमा कुल संक्रमित संख्या १६ लाख ३९ हजार ३५० पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ५९ हजार ९३ संक्रमणमुक्त भएका छन् भने ५ लाख ४४ हजार ४७१ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७८३ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३५ हजार ७८६ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : ४८ बजे

इजरायलमा ५१३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– गत हप्ता, सीमा प्रहरी र सैनिकहरूले अवैध प्यालेस्टिनी बासिन्दाहरू

‘मानसिक स्वास्थ्य समस्या होइन, खुलेर कुराकानी गरौँ’

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव डा. विकास देवकोटाले मानसिक

मुस्कुराउँदै महाधिवेशनस्थलमा देखिए प्रदीप ज्ञवाली (तस्बिरहरू)

काठमाडौं–  नेकपा एमालेको महाधिवेशनमा उपमहासचिव प्रदीप ज्ञवाली खुसी मुद्रामा देखिएका छन् ।

मंगलबार १८७ वटा कम्पनीको सेयर मूल्य बढ्यो

काठमाडौं– मंगलबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अंकले बढेको छ

युक्रेन–रूस शान्ति वार्ता सम्झौता नजिक : ट्रम्प

एजेन्सी– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन र रूस बिचको युद्धको