उच्च अदालतका न्यायाधीशमा कोरोना | Khabarhub Khabarhub

उच्च अदालतका न्यायाधीशमा कोरोना


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धनुषा- उच्च अदालत जनकपुरधामका एक न्यायाधीशमा बिहीबार कोरोना सङ्क्रमण पुष्टि भएको छ । यससँगै प्रदेश २ मा दुई जना न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

५० वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भएको अदालत स्रोतले जनाएको छ । यही साउन १३ गते उच्च अदालतका न्यायाधीशसहित २२ जनाको स्वाब सङ्कलन गरी जाँच गरेकामा एक जनाको पोजेटिभ देखिएको हो ।

न्यायाधीशमा पनि कोरोना सङ्क्रमण पुष्टि भएपछि लकडाउनको अवधिमा गरिँदै आएका निश्चित कामकारवाहीबाहेक अन्य काम साउन १६ गतेदेखि ३१ गतेसम्म स्थगित गर्ने निर्णय उच्च अदालतले गरेको छ ।

उच्च अदालत जनकपुर, जिल्ला अदालत धनुषा, जिल्ला सरकारी वकिल कार्यालय र नेपाल बार एशोसिएशनसँग छलफल गरी यस्तो निर्णय गरिएको उच्च अदालतले जनाएको छ । यसअघि उच्च अदालत जनकपुरधामको राजविराज इजलासका ५८ वर्षीय न्यायाधीशमा कोरोना सङ्क्रमण पुष्टि भइसकेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  २ : ४९ बजे

जेन-जी आन्दोलनका क्रममा ७२ जनाको मृत्यु

काठमाडौं– गत सोमबार र मंगलबार भएको जेन-जी आन्दोलनका क्रममा मृत्यु

विवादसँगै प्रश्न उठेपछि सुदन गुरूङ मन्त्री नबन्ने

काठमाडौं- हामी नेपाली अभियानका संयोजक तथा जेन-जी आन्दोलनका अभियान्ता सुदन

जेन–जी आन्दोलनमा ज्यान गुमाएकाका परिवारलाई १० लाख रुपैयाँ दिने प्रधानमन्त्रीको निर्णय

काठमाडौं– जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ

उपत्यका लगायत देशभरको जनजीवन सामान्य बन्दै

काठमाडौं– काठमाडौं उपत्यका लगायत देशभरको जनजीवन सामान्य बनेको छ ।