समुदायस्तरमा कोरोना फैलन नदिन विराटनगर महानगरपालिकाले थाल्यो तयारी « Khabarhub

समुदायस्तरमा कोरोना फैलन नदिन विराटनगर महानगरपालिकाले थाल्यो तयारी


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर- कोभिड–१९ बाट बच्न र बचाउन सुरक्षाका सबै विधि अपनाउँदा अपनाउँदै पनि यसको फैलावटले मानिसमा चिन्ता बढ्न थालेको छ ।

प्रदेश नं १ मा पहिलो पटक वैशाखको पहिलो सातामा उदयपुरको भुल्केमा १३ जनामा सङ्क्रमण देखिएपछि यसलाई समुदायस्तरमा जान नदिन प्रदेश सरकारले जाँच, खोज र उपचार विधिसँगै लगेर नियन्त्रणमा लिएको थियो ।

अहिले प्रदेशमा सङ्क्रमितको सङ्ख्या ९९३ पुगेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश नं १ मा कोरोना सङ्क्रमितमध्ये २०७७ साउन १४ गते बेलुका मोरङकै एक जना पुरुषको मृत्यु भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता डा सुरेश मेहताले जानकारी दिए ।

यहाँ सङ्क्रमित भएकाभन्दा उपचार गरेर घर फर्कनेको अनुपात निकै सन्तोषजनक रहेकै कारण प्रदेश १ मा शनिबारसम्ममा ७८९ जना निको भएर घर फर्किएका छन् । तथापि कोरोनाको भय र त्रास अझै मानिसमा कायम नै छ ।
यसलाई नियन्त्रण, रोकथाम र उपचारका लागि नेपाल सरकारले गएको चैत ११ गतेबाट शुरु गरेको बन्दाबन्दी साउनमा हटाइएको छ भने यसलाई स्थानीय तहले निरन्तरता दिने भएका छन् ।

समुदायमा फैलिए नियन्त्रण गर्न समस्या हुने र स्थिति भयावह बन्ने भएकाले नै स्थानीय तहले बन्दाबन्दी नभनी अतिआवश्यक कामबाहेक घर बाहिर ननिस्कन अपिल पनि गरेका छन् ।

समुदायस्तरमै कोरोना सङ्क्रमणको जोखिम बढेसँगै विराटनगर महानगरले थप तदारुकता देखाएसँगै नगरक्षेत्रमा रहेका सबै संयन्त्रको परिचालनमा महानगर जुटेको छ । बिहीबार विराटनगरमा रहेका सबै हस्पिटल तथा नर्सिङ होमका सञ्चालकसँग महानगरले सुझाव लिनुका साथै थप नयाँ रणनीति तय गरेको छ ।

कोरोना सङ्क्रमण समुदायसम्म नपुगोस् भनेर अधितम सतर्कता अपनाउने निर्णय भएको विराटनगर महानगरका प्रमुख भीम पराजुलीले जानकारी दिए । विराटनगरका अस्पताल तथा नर्सिङहोमका सञ्चालक तथा व्यवस्थापकसहितको बैठक उपलब्धिमूलक भएको प्रमुख पराजुलीको भनाइ छ ।

यससँगै कोरोना सङ्क्रमण नियन्त्रणका लागि महानगरले स्वास्थ्यकर्मी तथा स्वास्थ्य क्षेत्रका सञ्चालकको समन्वयमा उच्च स्तरीय चारवटा समितिसमेत बनाएको छ ।

जसअन्तर्गत डा हेमसागर रिमालको संयोजकत्वमा होमक्वारेन्टिन समिति, डा सुशील तपडियाको संयोजकत्वमा पिसिआर ल्याब स्थापना समिति, अर्चाना पोखरेलको संयोजकत्वमा मनोपरामर्श समिति र डा सूर्य पराजुलीको संयोजकत्वमा कन्ट्रयाक ट्रेसिङ समिति बनाएको छ ।

समितिमा रहेका पदाधिकारी तथा सदस्यले कोरोना सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।

यस्तै बैठकले विराटनगरका सबै अस्पताल तथा नर्सिङहोममा कार्यरत प्राविधिक तथा प्रशासनिक कर्मचारीलाई कोरोना सङ्क्रमण भए आ आफ्ना अस्पतालमै व्यवस्थापन गर्नेसमेत निर्णय गरेको छ ।

दीर्घकालीन योजनाका साथ अघि बढिरहेको विराटनगर महानगरपालिकाले कोरोनाबाट हुनसक्ने क्षतिलाई न्यूनीकरण गर्न अधिकतम प्रयास एवम् पहल गर्ने दाबी गरेको छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ३ : ३८ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी