काठमाडौंमा कोरोना संक्रमित बढ्दै, सचेत नभए ‘ठूलो दुर्घटना’ निम्तिन सक्छ : डा गौतम « Khabarhub

काठमाडौंमा कोरोना संक्रमित बढ्दै, सचेत नभए ‘ठूलो दुर्घटना’ निम्तिन सक्छ : डा गौतम


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौंमा कोरोना संक्रमितको संख्या बढ्दै गएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौंमा कोरोना संक्रमण बढ्दै गएको जानकारी दिएका हुन् ।

डा गौतमले हिजो (बिहीबार) सिराहामा आम सभा भएको र काठमाडौं उपत्यकामा समेत साना खालका सभाहरु भइरहेको भन्दै त्यसले कोरोना संक्रमण फैलाउने जोखिम बढेको बताए ।

‘काठमाडौंमा फाटफुट केसहरु भेटिन थालेका छन्,काठमाडौंमा संक्रमितको संख्या बढिरहेको छ,’ डा गौतमले भने, ‘यसबाट बच्नुपर्ने कुराहरु हामीले हरेक दिन निवेदन गरिरहेका छौं, तर पालना भइरहेको अवस्था छैन, यसले जनस्वास्थ्यमा ठूलो दुर्घटना ल्याउन सक्ने कुरा जानकारी गराउन चाहन्छु ।’

डा गौतमले खुल्ला सिमानाकाहरुमा आवतजावत नरोकिएको पनि बताए । उनले केहीदिन अघि भारतबाट कामदार लिएर ओखलढुंगा पुर्‍याइएका २१ जना कामदारमध्ये १८ जनामा कोरोना संक्रमण पुष्टि भएको पनि जानकारी दिए ।

उनले भारतबाट आएर कोरोना पुष्टि भएका उनीहरुलाई हाल क्वारेन्टाइनमा राखिएको पनि बताए । डा डौतमले सामूहिक रुपमा बसोबास गर्नेहरुमा कोरोना संक्रमणको बढी जोखिम देखिएको बताए ।

‘समूहमा बस्नेहरुमा कोरोना संक्रमण बढिरहेको छ, यसको उदाहरण प्रहरीहरुमा पोजेटिभ केश देखिनु, स्वास्थ्यकर्मीमा कोरोना पुष्टि हुनु,’ डा गौतमले भने, ‘धेरै जनसम्पर्क हुने मान्छेहरुमा कोरोनाको दर बढ्दो छ ।’

डा गौतमले जनस्वास्थ्यको मापदण्ड पूरा नगरेमा आगामी दिनमा कोरोना संक्रमितले अस्पतालमा वेड नपाउने समस्या समेत भोग्ने दिन आउन सक्ने बताए ।

डा गौतमका अनुसार कोरोनाबाट बच्न मास्क अनिवार्य गरिए पनि मास्क नलगाएका २ लाख जना कारबाहीमा परेको पनि जानकारी दिए । मास्क लगाउन पटक-पटक अनुरोध गरिएपछि २ लाख व्यक्ति मास्क नलगाएकाले कारबाहीमा पर्नु दुखद भएको उनले बताए ।

डा गौतमले सबैले कोरोनाबाट बच्न सचेत हुन पनि आग्रह गरेका छन् । उनले भारतीय सिमा नाकाका ४ वटा राज्यहरुमा कोरोना संक्रमण बढिरहेकाले नेपालमा सचेत हुनुपर्ने बताए ।

उनले वीरगंजमा मात्र ८ चिकित्स ६ नर्सिङ र पारामेडिक्स सहित २८ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको पनि बताए ।

अस्पतालमा चिकित्सक तथा स्वास्थ्यकर्मीले स्वास्थ्य सुरक्षाका मापदण्ड पूरा नगरेकाले उनीहरुमा कोरोना संक्रमण देखिएको डा गौतमको भनाइ छ ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ५ : १० बजे

सभामुख अर्यालबाट बकर इदको शुभकामना

काठमाडौँ– सभामुख डोलप्रसाद अर्यालले इस्लाम धर्मावलम्बीहरूको पर्व इद–उल–अजहाको अवसरमा स्वदेश

नियन्त्रणमुखी जीवन बाँचेका निमुखा सुकुम्बासी

सरकारले २०८३ वैशाख १२ देखि बागमती नदी तथा यसका सहायक

धनियाँको पातदेखि कागतीसम्म लामो समय यसरी भण्डारण गर्नुहोस् 

काठमाडौं– आजको व्यस्त जीवनशैलीमा हरेकदिन बजारमा गएर ताजा तरकारी किन्न

नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक सम्पन्न

काठमाडौँ– नेपाल–स्विट्जरल्याण्ड द्विपक्षीय परामर्श संयन्त्रको पाँचौँ बैठक बुधबार काठमाडौँमा सम्पन्न

ट्राफिक कारबाहीबाट एकैदिन २२ लाख ११ हजार राजस्व सङ्कलन

काठमाडौँ– ट्राफिक प्रहरीले एकैदिन २ हजार ५५ सवारीचालकलाई सवारी नियम