सत्याग्रहीहरुसँग भएको सहमतिमा इमान्दार बन : अध्यक्ष थापा « Khabarhub

सत्याग्रहीहरुसँग भएको सहमतिमा इमान्दार बन : अध्यक्ष थापा


१६ श्रावण २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभिन्न माग राखी लामो समयदेखि सत्याग्रहमा रहेका “इनफ इज इनफ” अभियानका अभियान्ता ईः को स्वास्थ अवस्था बारे जानकारी लिएका छन् ।

काठमाडौंको बसन्तपुर पुगेर अध्यक्ष थापाले “इनफ इज इनफ” अभियानमा पार्टीको तर्फबाट ऐक्यवद्धता समेत प्रकट गरेका छन् ।

सत्याग्रहीहरुसँग भएको सहमतिप्रति सरकार इमान्दार हुँदै तत्काल कार्यान्वयन गर्न अध्यक्ष थापाले जोड दिएका छन् ।

“इनफ इज इनफ” अभियानले आज बालुवाटार क्षेत्रमा गरेको शान्तिपूर्ण प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको थापाले निन्दा गरे ।

संचारकर्मीहरुसँग कुरा गर्दै उनले काठमाडौं उपत्यकासँगै मुलुकका ठूला शहरहरुमा संक्रमण डरलाग्दो रुपमा देखिन थालेकोमा चिन्ता गर्दै कोरोना महामारी नियन्त्रणमा सरकार निष्प्रभावी भएको आरोप लगाए ।

थापासँग पार्टीका नेताहरु पूर्वमन्त्री विक्रम बहादुर थापा, चन्द्र बहादुर गुरुङ्ग, राजाराम बर्तौला लगायत सहभागी थिए ।

प्रकाशित मिति : १६ श्रावण २०७७, शुक्रबार  ९ : ०२ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद