भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण, दुई दिनमा १ लाख बढी संक्रमित « Khabarhub

भारतमा एकैदिन ५७ हजार बढीमा कोरोना संक्रमण, दुई दिनमा १ लाख बढी संक्रमित


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतमा कोरोना संक्रमितको संख्यामा दैनिक नयाँ रेकर्ड कायम हुन थालेको छ ।

शनिबार यो समाचार तयार पार्दासम्म भारतमा ५७ हजार ७०४ जना संक्रमित भएका छन् । यो भारतमा एकैदिन संक्रमित हुनेको अहिलेसम्कै सर्वाधिक संख्या हो ।

यसअघि शुक्रबार पनि त्यहाँ ५४ हजार ९६६ जना संक्रमित थपिएका थिए । दुई दिनमा मात्रै भारतमा एक लाखभन्दा बढीमा संक्रमण पुष्टि भएको छ ।

भारतमा कुल संक्रमित संख्या १६ लाख ९७ हजार ५४ पुगेको छ । यो संख्या विश्वकै तेस्रो धेरै तथा एसियामा सबैभन्दा बढी हो ।

संक्रमितमध्ये अहिलेसम्म १० लाख ९५ हजार ६४७ संक्रमणमुक्त भएका छन् भने ५ लाख ६४ हजार ८५६ जनाको उपचार भइरहेको छ ।

कोरोना संक्रमणकै कारण भारतमा पछिल्लो २४ घण्टामा ७६५ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको ३६ हजार ५५१ पुगेको वर्ल्डोमिटर्सले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ५ : ४५ बजे

सरकार र नागरिक बचाउ अभियानका टोलीबीचको वार्ता सकारात्मक

काठमाडौं- सरकारद्वारा गठित वार्ता समिति र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

काठमाडौँमा ५५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ

काठमाडौँ- नेपाल प्रहरीले ५५ किलोग्राम लागुऔषध गाँजासहित भारतीय नागरिकलाई पक्राउ

जब बिरामी नाति डोहोर्‍याउँदै सिंहदबार छिरे जयलाल…

काठमाडौँ- एक हातमा कागजपत्र अर्को हातमा नाति। मलिन अनुहारले नै

पुस १२ गतेभित्र राष्ट्रियसभा बैठक बोलाउँछौँ : नारायणप्रसाद दाहाल

काठमाडौं- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले पुसको दोस्रो साता राष्ट्रियसभा बैठक

एमालेका नेताहरू भन्छन् : यसपटक कसैको पद सुरक्षित छैन

काठमाडौँ- पार्टी ११औँ महाधिवेशनमा होमिएका नेकपा एमालेकै नेताहरूले कसैको पद