यी हुन् ओमानबाट नेपाल फर्कन चाहनेले तयार पार्नुपर्ने कागजपत्र « Khabarhub

यी हुन् ओमानबाट नेपाल फर्कन चाहनेले तयार पार्नुपर्ने कागजपत्र



दोहा : ओमानको कोभिड-१९ सम्बन्धी सर्वोच्च समितिको २३ जुलाई २०२० को निर्णयानुसार ओमानको रेसिडेन्स पर्मिट बाहक नागरिकहरू त्यहाँको परराष्ट्र मन्त्रालयको स्वीकृतिमा ओमान फर्कन दिने निर्णय गरेको छ ।

ओमानस्थित नेपाली दूतावासका अनुसार हाल बिदामा नेपालमा रहेका तथा आफ्नो कम्पनीले ओमान फर्कन अनुरोध गरेका मध्ये इच्छुक नेपाली नागरिकहरूलाई देहायबमोजिमको दूतावासमा सम्पर्क गरी आफ्नो विवरण टिपाउन अनुरोध छ।

आवश्यक पर्ने कागजपत्र : रोजगारदाताले ओमान फिर्ता बोलाएको तथा सम्बन्धित कर्मचारीको ओमानमा पुरा गर्नु पर्ने स्वास्थ्य सम्बन्धी प्रकृया तथा जिम्मेवारी रोजगारदाताले बहन गर्ने पत्र।

ओमानको रेसिडेन्स कार्ड तथा नेपालको राहदानीको प्रतिलिपि।

नेपालको वैदेशिक रोजगार विभागबाट जारी भएको म्याद भएको श्रम स्वीकृति। ६ महिना भन्दा बढी अवधि नेपाल बसेको भए ओमानको सम्बन्धित निकायको अनुमति पत्र।

साथै परराष्ट्र मन्त्रालयबाट जारी हुने अनुमतिपत्र सम्बन्धित कम्पनीले आफैं निकाल्न पनि सक्नेछ अन्यथा हालको उडानलाई यस दूतावासबाट सम्बन्धित एअरलाइन्ससँगको समन्वयमा निकाल्न सहयोग गरिनेछ समेत दूतावासले जनाएको छ । थप जानकारी लिन परेमा दूतावासका द्वितीय सचिव सोमेश थापालाई ९२६४०१४० सम्पर्क गर्न सकिने जनाएको छ ।

हाल नेपालमा रहेका नेपाली नागरिकहरूलाई अगष्ट १४ तारिख अर्थात् साउन ३० गते हुने सलाम एअरको विशेष उद्दार उडानबाट ओमान फर्कन सहजीकरण गर्ने निर्णय भएकोले त्यसरी फर्कनुपर्ने नागरिकहरूको सूची तयारी गरिरहेको दूतावास जनाएको छ ।

ओमानबाट समस्यामा परेका १८० नेपाली अगस्ट १४ मा हुने उक्त उडानमार्फत स्वदेश फर्कने दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ११ : ४३ बजे

सुनचाँदीको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । आज

गायिका तेजवतीको स्वरमा रहेको ‘नेपालकी छोरी’ सार्वजनिक

काठमाडौं – गायिका तेजवती जोशीको स्वरमा ‘नेपालकी छोरी’ बोलको गीतको

झाडी फाँडेर फलफूल बगैँचा, ८० जनाले पाएका छन् रोजगारी

म्याग्दी– बेनी नगरपालिका–९ गिठिनीका सुजन चोखालले बाझिँएको पाखोबारीमा झाडी फाँडेर

वातावरण संरक्षणका लागि सामूहिक प्रयास अपरिहार्य : नेता आङदेम्बे

काठमाडौं– नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङदेम्बेले वातावरण संरक्षणका

‘झन्डै सात हजार कर्मचारीले कार्यालय समय पालना गरेनन्’

काठमाडौं– राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा छड्के अनुगमनलाई तीव्रता दिएको