साउदीमा अवैधानिक रुपमा बसेका ४९८ नेपालीले पाए बहिर्गमन भिसा « Khabarhub

साउदीमा अवैधानिक रुपमा बसेका ४९८ नेपालीले पाए बहिर्गमन भिसा



दोहा : साउदीमा ४९८ जना अवैधानिक नेपालीले बहिर्गमन भिसा पाएका छन् । बहिर्गमन भिसाको लागि गएको पुस, माघ, फागुन र अन्य समयमा निवेदन दिएकामध्ये ४९८ जनाको भिसा जारी भएको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

दूतावासका अनुसार साउदीको विभिन्न कम्पनी तथा प्रतिष्ठानहरुमा काम गर्दा साउदी आवासीय अनुमतिपत्र (अकामा) नबनाईएका वा नवीकरण नगरिएका कारण नेपालीहरू अवैधानिक हैसियतमा रहेका थिए ।

अवैधानिक नेपालीहरूलाई स्वदेश फर्काउन आवश्यक पर्ने वहिर्गमन भिसा सहज र शीघ्ररुपमा प्रदान गर्ने व्यवस्थाका लागि दूतावासले साउदी सरकारलाई अनुरोध गरेको र अनुरोधपछि साउदी सरकारले बहिर्गमन भिसा प्रदान गर्ने प्रकृया सुरू गरेको दूतावासले जनाएको छ ।

बहिर्गमन भिसाका लागि विभिन्न समयमा सम्बन्धित नेपालीहरुबाट संकलन गरेका विवरण दूतावासले केही समय अगाडि साउदी सरकारलाई उपलव्ध गराएको थियो । तर, कोरोना संक्रमणका कारण अवरूद्ध थियो । यो प्रकृया शुरु भइरहेको समेत दूतावासले जनाएको छ ।

बहिर्गमन भीसा जारी भएकाहरुले आगामी अगष्ट ५, ६, ७ र ८ तारिकमा नेपाल तथा हिमालय एयरलाईन्सले साउदी अरबको रियाद र दमामबाट गर्ने उडानहरुबाट नेपाल जाने तयारी गर्न समेत दूतावासले अनुरोध छ।

साथै, बहिर्गमन भीसाका लागि आवेदन दिन बाकी रहेका अकमा नभएका, हुरुव लागेका वा नवीकरण नभएकाहरुका लागि पछि सूचना जारी गरी आवेदन लिइने समेत दूतावासले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १० : १४ बजे

गाउँमै निःशुल्क लोक सेवा तयारी कक्षा सञ्चालन

भोजपुर– भोजपुरको रामप्रसाद राई गाउँपालिकाले युवालाई सरकारी सेवामा प्रवेश गर्न

विश्वकप: पाकिस्तानलाई हराउँदै समूह ‘ए’बाट भारत सुपर आठमा

काठमाडौं – आईसीसी टी-२० विश्वकप अन्तर्गत समूह ‘ए’बाट भारत एक

एफए कप : आर्सनलको गोल वर्षा, विगनविरुद्ध पहिलो हाफमै चार गोल

काठमाडौं – एफए कप अन्तर्गत गएराति भएको खेलमा आर्सनलले सानदार

६ लाख बढीले गरे महाविरात्रिमा पशुपतिनाथको दर्शन

काठमाडौं – महाशिवरात्रीका दिन आइतबार छ लाख बढी भक्तजनले पशुपतिनाथको

निर्वाचन १७ दिन बाँकी : आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने

काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार