बकर–इद सद्भाव, सहिष्णुता, मेलमिलापको पर्व : प्रधानमन्त्री ओली | Khabarhub Khabarhub

बकर–इद सद्भाव, सहिष्णुता, मेलमिलापको पर्व : प्रधानमन्त्री ओली


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले बकर–इद (इदुल जोहा)ले नेपालीबीच आपसी सद्भाव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवद्र्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्वद्र्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने बताएका छन् ।

इस्लाम धर्मावलम्बीको पर्व बकर–इद (इदुल जोहा)का अवसरमा शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले मुलुकमा स्थायित्व, आर्थिक विकास, समृद्धि र जनताको जीवनमा सुख हासिल गर्ने राष्ट्रिय आकाङ्क्षालाई सार्थक बनाउन यस पर्वले प्रेरणा प्रदान गरोस् भन्नेसमेत शुभेच्छा व्यक्त गरेका छन् ।

सन्देशमा प्रधानमन्त्री ओलीले सुख, शान्ति, समृद्धि तथा सुस्वास्थ्यको शुभकामना व्यक्त गर्दै ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा पूरा गर्न आआफ्नो ठाउँबाट सक्रिय रहन आह्वान पनि गरेका छन् ।

‘यसै दिनदेखि हिजारी संवत्को नयाँ वर्षको शुरूआत हुने गर्दछ । गरिब तथा असहायलाई दान गर्ने परम्परा पनि यस पर्वसँग जोडिएको छ’, उनले सन्देशमा भनेका छन्, ‘धार्मिक, सांस्कृतिक, भाषिक तथा जातीय विविधताका बीच अनुपम सुदृढ एकता रहेको हाम्रो देशमा विभिन्न सांस्कृतिक पर्वहरुले आपसी सद्भाव, सहिष्णुता मेलमिलापलाई प्रवर्द्धन गर्दै आएका छन् ।’

नेपालमा धार्मिक, सांस्कृतिक र भाषिकलगायतका विविधतालाई संवैधानिकरुपमा सम्मान र संरक्षण गरिएको उल्लेख गर्दै प्रधानमन्त्रीले भनेका छन्, ‘विविधताबीचको एकता हाम्रो मौलिक पूँजी हो र यसका माध्यमबाट हामीले देशलाई विकास र समृद्धिको नयाँ उचाइमा पुर्‍याउनु पर्नेछ ।’

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ९ : ४० बजे

बाँकेमा बसले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु

नेपालगञ्ज – बाँकेको राप्ती सोनारी गाउँपालिका–२ अगैयामा आज सवारी दुर्घटना

आजका समाचार : प्रधानमन्त्री कार्कीविरुद्ध मुद्दा, दल दर्ता उत्साहजनक, एनपीएलमा काठमाडौंसँग जनकपुर स्तब्ध र शेख हसिनालाई मृत्युदण्डको सजाय

प्रधानमन्त्री कार्कीविरुद्ध अदालतको अवहेलना मुद्दा सर्वोच्च अदालतमा प्रधानमन्त्री सुशीला कार्कीविरुद्ध

सञ्चारमन्त्री खरेल र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र पूर्वराष्ट्रपति विद्यादेवी

सतर्कता केन्द्रलाई सक्रिय बनाइँदै, भ्रष्टाचार रोकथाममा कठोर बन्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं- भ्रष्टाचार र अनियमितताविरुद्धको अभियानलाई प्रभावकारी बनाउन राष्ट्रिय सतर्कता केन्द्र

तस्बिरहरूमा हेर्नुस् जनकपुर भर्सेस काठमाडौं

काठमाडौं- नेपाल प्रिमियर लिग सिजन २ को उद्घाटन खेलमा काठमाडौं