जग्गामा महिलाको स्वामित्व बढ्दै « Khabarhub

जग्गामा महिलाको स्वामित्व बढ्दै


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बैतडी- पछिल्लो समय बैतडीमा महिलाका नाममा जग्गा दर्ता गर्ने क्रम बढ्दै गएको छ । आफूसँग भएको जग्गा पुरुषको नाममा मात्रै दर्ता गर्ने चलन हट्दै गएका छन् । महिलाको नाममा जग्गादर्ता भए छुट पाइन्छ भन्ने मान्यताले महिलाको नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

नेपाल सरकारले महिलाका नाममा जग्गादर्ता गर्दा राजश्वमा समेत छुट दिएकाले महिलाका नाममा जग्गादर्ता गर्नेको सङ्ख्या बढ्दै गएको मालपोत कार्यालय बैतडीका सूचना अधिकारी अनिल चन्दले जानकारी दिए । जिल्ला मालपोत कार्यालय बैतडीका अनुसार आर्थिक २०७६/७७ मा ९१ जना महिलाका नाममा लालपुर्जा बनेको छ । अघिल्लो आवमा ६६ जना महिलाका नाममा लालपुर्जा बनेको थियो ।

महिलाको नाममा जग्गादर्ता गरेबापत दुई लाख ७७ हजार राजश्व छुट भएको छ । महिलाका नाममा जग्गादर्ता गरेमा २५ प्रतिशत राजश्व छुट हुने नियम रहेको सूचना अधिकारी चन्दले बताउनुभयो । प्रत्येक वर्ष महिलाका नाममा जग्गा दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको उनले बताए ।

नेपालको संविधान, २०७२ को धारा, ३८ को उपधारा, ६ मा सम्पत्ति तथा पारिवारिक मामिलामा महिलाको पनि समान हक हुने कुरा उल्लेख गरिएको छ । यसले महिलाको पनि सम्पत्तिमा पहुँच पुग्न थालेको छ । २०६७ सालदेखि संयुक्त रुपमा पुर्जा बनाउने अभियान नै शुरु भएयता पछिल्लो समयमा महिलाका नाममा लालपुर्जा बनाउनेको सङ्ख्या बढ्दै गएका हो ।

महिलाका नाममा जग्गादर्ता २५ प्रतिशत राजश्व छुट हुने भएकाले पनि महिलाका नाममा जमीन दर्ता गर्नेको सङ्ख्या बढ्दै गएको हो ।

पहिलापहिला महिलाका नाममा लालपुर्जा आनाकानी गर्ने गरिएको भए पनि पछिल्लो समय महिलाका नाममा लालपुर्जा बनाउने क्रम बढेको छ । महिलाका नाममा जग्गादर्ता हुने क्रम बढेपछि महिलामाथि हुने हिंसा पनि कम हुँदै जाने महिला अधिकारकर्मीहरुले बताएका छन् ।

महिलाको सम्पत्तिमा पहुँच नहुँदा हिंसा हुने भएकाले महिलाको नाममा जग्गा दर्ता हुँदै गएपछि महिलामाथि हुने हिंसामा केही कमी आउने अधिकारकर्मी पार्वती भट्टले बताए ।

विसं २०६७ मा भूमिअधिकार मञ्चमार्फत संयुक्त लालपुर्जाको अवधारणा अघि सारेर महिलाका नाममा सम्पत्ति दर्ता गराउने काममा सहजीकरण गरेको अधिकारकर्मी सरस्वती नेपालीको भनाइ छ । महिलाका नाममा जग्गापास हुनुले महिलाको सम्पत्तिमा पहुँच पुर्‍याउन सजिलो भएको छ ।

पछिल्ला केही वर्षयतादेखि भने महिलाका नाममा जग्गादर्ता गर्ने लगायतका कामहरु भइरहेका छन् । यसले महिलाको सम्पत्तिमा पहुँच पुर्‍याउन लागि पहल गरिरहेको बैतडीको दोगडाकेदार गाउँपालिकाकी उपाध्यक्ष पार्वती कार्कीले बताइन ।

महिलाका नाममा जमीन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो । “पहिलापहिला महिलाका नाममा जग्गादर्ता गर्ने चलन नै थिएन । पछिल्लो समयमा केही मात्रामा भए पनि महिलाको सम्पत्तिमा पहुँच पुग्न थालेको छ”, उनले भने, “महिलाको स्रोत तथा सम्पत्तिमा पहुँच पुर्‍याउन नेतृत्व तहमा पुगेका महिलाले पहल गर्नुपर्ने आवश्यक देखिन्छ ।”

महिलाका नाममा सम्पत्ति बढ्दै गएपछि महिलाले अधिकार पाएको अनुभूति गर्न थालेका छन् । पछिल्लो समय स्थानीय तहमा महिला जनप्रतिनिधि आएपछि महिलाको पनि जग्गामा स्वामित्व बढ्दै गएको हो । महिलाको अधिकारका कुरा उठाउन थालेपछि जग्गामा पनि अधिकार बढ्दै गएको महिला जनप्रतिनिधिहरुको दाबी छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  १२ : १२ बजे

हात्ती आक्रमणबाट मृतकका परिवारलाई १० लाख राहत दिने मन्त्री गौतमको घोषणा

काठमाडौँ । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु

फ्लाई दुबईले उडान भर्ने भएपछि पोखराका पर्यटन व्यवसायी उत्साहित

काठमाडौं । फ्लाई दुबईले पोखराबाट उडान भर्ने भएपछि यस क्षेत्रका

इजिप्टको मरुभूमिमा भेटियो सयौँ वर्ष पुरानो सहर

काठमाडौं । इजिप्टका पुरातत्वविद्हरूले दुईवटा अत्यन्तै महत्त्वपूर्ण ऐतिहासिक खोज गरेका

युवामा लगानी र उद्यमशीलतामार्फत अर्थतन्त्र सुदृढ बनाउन जोड

काठमाडौं । नेपाल चेम्बर अफ कमर्सअन्तर्गत नेपाल युथ चेम्बरद्वारा आयोजित

कांग्रेसको क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय थप

ललितपुर – नेपाली कांग्रेसले क्रियाशील सदस्यता अध्यावधिक गर्ने समय आगामी