निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम सुनसान, बकर इद घरमै मनाइयो | Khabarhub Khabarhub

निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम सुनसान, बकर इद घरमै मनाइयो


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- समुदायस्तरमा कारोना भाइरसको संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर सुनसान बनेको छ ।

निषेधाज्ञाका कारण सदरमुकाम बजार क्षेत्रमका पसलहरु बन्द छन् । अतिआवश्यक सेवाका पसलहरु मात्र खुलेका छन ।

निषेधाज्ञाका कारण आज मुस्लिम धर्मावलम्वीको दोस्रो ठूलो पर्व बकर इद घरमै मनाइएको छ ।

अन्य समय यस पर्वमा हजाराैँको भीड सडकमा देखिने भएपनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम धर्मावलम्वीहरुले घरमै पर्व मनाएका हुन्।

जिल्ला दैवी प्रकोप समितिले सूचना प्रकाशित गरी शुक्रबारराति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरिएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ नम्बर वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

एक साताअघि महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : ०१ बजे

समाचार झुटो भएको भन्दै ट्रम्पले दायर गरे वाल स्ट्रिट प्रमुखविरुद्ध मुद्दा

वाशिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले वाल स्ट्रिट जनरलमा प्रकाशित

जीवनमा नयाँ ऊर्जा ल्याउन शनिबार शनिदेवको पूजा गर्नुहोस्

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

आज २०८२ साल साउन ३ गते शनिबारको राशिफल

काठमाडौं – आज २०८२ साल साउन ३ गते शनिबार। साउन

रौतहटमा पिकअप भ्यानले ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु

रौतहट – चन्द्रनिगाहपुर–गौर वीरेन्द्र राजमार्गअन्तर्गत गरुडा नगरपालिका–८ जिगडियाचोकमा आज साँझ

पर्यटनमन्त्रीद्वारा सगरमाथा आरोहणको वैकल्पिक मार्गबारे छलफल

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले सगरमाथा