निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम सुनसान, बकर इद घरमै मनाइयो « Khabarhub

निषेधाज्ञापछि महोत्तरीको सदरमुकाम सुनसान, बकर इद घरमै मनाइयो


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी- समुदायस्तरमा कारोना भाइरसको संक्रमण फैलिन थालेपछि स्थानीय प्रशासनले गरेको निषेधाज्ञाका कारण महोत्तरीको सदरमुकाम जलेश्वर सुनसान बनेको छ ।

निषेधाज्ञाका कारण सदरमुकाम बजार क्षेत्रमका पसलहरु बन्द छन् । अतिआवश्यक सेवाका पसलहरु मात्र खुलेका छन ।

निषेधाज्ञाका कारण आज मुस्लिम धर्मावलम्वीको दोस्रो ठूलो पर्व बकर इद घरमै मनाइएको छ ।

अन्य समय यस पर्वमा हजाराैँको भीड सडकमा देखिने भएपनि कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै मुस्लिम धर्मावलम्वीहरुले घरमै पर्व मनाएका हुन्।

जिल्ला दैवी प्रकोप समितिले सूचना प्रकाशित गरी शुक्रबारराति ११ बजेदेखि लागू हुने गरी पाँच दिनका लागि जलेश्वरमा निषेधाज्ञा जारी गरिएको जानकारी दिएको हो ।

प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालद्वारा हस्ताक्षरित सूचनामा जलेश्वरको पूर्वमा भार्गवसर मन्दिर, पश्चिममा रामनन्दन विशेश्वर महेन्द्र क्याम्पस, उत्तरमा रणभीम गण र दक्षिणमा रातोपुल यति चारकिलाको क्षेत्रमा पाँचदिनसम्मको लागि निषेधाज्ञा जारी गरिएको जनाइएको छ ।

त्यसैगरी जिल्लाको महोत्तरी गाउँपालिका ३ र ५ नम्बर वडामा पनि पाँच दिनको लागि निषेधाज्ञा जारी गरिएको छ ।

एक साताअघि महोत्तरी गाउँपालिका–३ बस्ने एक ६४ वर्षीय पुरुषको कोरोना संक्रमणको कारण मृत्यु भएपछि उनको शव व्यवस्थापनमा खटिएका तथा आइसोलेसन व्यवस्थापनमा खटिएका १० जना नेपाली सेना, जलेश्वरको एक सामुदायिक विद्यालयका प्रधानाध्यापक, जलेश्वर नगरपालिकाका कर्मचारी र मृतकका परिवारजनमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : ०१ बजे

महाधिवेशनमा गुट चलाएकी पूर्वराष्ट्रपति विद्या निर्वाचनमा मौन

काठमाडौं- पूर्वराष्ट्रपति तथा नेकपा एमालेकी पूर्वउपाध्यक्ष विद्यादवी भण्डारी चुनावको मुखमा

इटलीविरुद्ध नेपालले गुमायो तेस्रो विकेट

काठमाडौं – आईसीसी टी–२० विश्वकप अन्तर्गतको बिहीबारको खेलमा इटलीविरुद्ध नेपालले

नेपाल-इटालीको खेल : तीनकुनेमा कुमा सागरको सांगीतिक कार्यक्रम

काठमाडौं–  मुम्बइस्थित वाङ्खडे स्टेडियममा नेपालको खेल र इटालीको हुनु अगाडि

आगामी संसद्‌मा राप्रपालाई निर्णायक शक्तिका रूपमा स्थापित गर्नुपर्छ : अध्यक्ष लिङ्देन

झापा–  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख– यहाँको भैरवी गाउँपालिका–१ जलजलेमा ८० अर्ब ७० करोड घनमिटर