नेपालले राखेको वैदेशिक ऋण तिर्न म्याद थप्ने प्रस्ताव चीनले मानेन | Khabarhub Khabarhub

नेपालले राखेको वैदेशिक ऋण तिर्न म्याद थप्ने प्रस्ताव चीनले मानेन


१७ श्रावण २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सरकाले दातृराष्ट्र र अन्तर्राष्ट्रिय निकायबाट लिएको ऋणको सावाँ तथा ब्याज भुक्तानीको मिति सार्ने प्रस्ताव गरेको छ । कोरोना महामारीका कारण भएको आर्थिक मन्दीसँगै ऋण तिर्ने मिति परिवर्तन गर्न दातृ राष्ट्रसँग छलफल तथा परामर्श थालेको हो ।

सरकारलाई अहिले १३ खर्ब १२ अर्ब ७१ करोड रुपैयाँ ऋण मात्रै रहेको छ। त्यसमध्ये आन्तरिक ऋण ५ खर्ब ९४ अर्ब १८ करोड रहेको छ। यो ऋण नेपाली बैंकहरुबाट नै उठाइएको हो। यसको ऋण तिर्ने अवधि १ वर्षदेखि १० वर्षसम्म छ। त्यस्तै, वैदेशिक ऋण ७ खर्ब १८ अर्ब ५३ करोड छ।

देशभित्रको कर्जा र ब्याज तिर्ने भाका सार्न बैंक तथा वित्तीय संस्थाहरुलाई निर्देशन दिएको सरकारले सोसम्बन्धी कार्यविधि समेत बनाइसकेको छ तर आफैँले विदेशबाट लिएको ऋण तथा सहयोगको भने भाका सार्ने विषयमा अहिलेसम्म निर्णय गराउनसकेको छैन।

अर्थ मन्त्रालयका अनुसार उक्त विषयमा सहयोगी देश र निकायहरुसँग छलफल भने भइरहेको छ। म्याद अवधि सार्न अर्थमन्त्री डा. युवराज खतिवडा आफैँले वैदेशिक ऋणको सावाँ–ब्याज भुक्तानीको समय केही वर्ष पर सार्न आग्रह गरिरहेका छन्।

उनले विश्व बैंक, आईएमएफ, अन्तर्राष्ट्रिय वित्त निगम, एसियाली विकास बैंक, एसियाली पूर्वाधार विकास बैंकजस्ता बहुपक्षीय विकास संस्थालगायत संयुक्त राष्ट्रसंघका उच्चपदस्थ पदाधिकारीसँग कोरोनाले नेपालको अर्थतन्त्रमा पारेको असर र नेपालले गरेको प्रयासका वेबिनार छलफल समेत गरिरहेका छन्।

तर सरकारी पहलका बाबजुद द्विपक्षीय सहयोगी राष्ट्रहरुले भने यसमा सकारात्मक प्रतिक्रिया दिएका छैनन्। चीन, भारत, अमेरिकाजस्ता देशसँग अर्थ मन्त्रालयले छलफल गरिसके पनि उनीहरुले सकारात्मक प्रतिक्रिया नदिएका हुन्।

भारत र अमेरिकाले यसबारे कुनै निर्णय नै गरेका छैनन्। तर चीनले भने अहिलेलाई भाका सार्न र ब्याज मिनाहा दुवै गर्न नसकिने जवाफ दिएको छ।

प्रकाशित मिति : १७ श्रावण २०७७, शनिबार  ४ : १५ बजे

प्रधानमन्त्री कार्की र पूर्व राष्ट्रपति यादवबीच भेटवार्ता

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्की र पूर्वराष्ट्रपति डा रामवरण यादवबीच

भदौ अन्तिम साताको हिंसा र देश दोहनलाई परिवर्तन ठान्नु गलत : ज्ञवाली

काठमाडौं- नेकपा (एमाले)का उपमहासचिव प्रदीप ज्ञवालीले गत भदौ अन्तिम साता

फिलिपिन्समा आँधीका कारण मृत्यु हुनेको सङ्ख्या १०० भन्दा बढी पुग्यो

सेबु, फिलिपिन्स – मध्य फिलिपिन्समा आएको काल्मेगी आँधीका कारण देशभर

आम निर्वाचनपछि ब्यारेकमा फर्किने बङ्गलादेशको सेनाद्वारा घोषणा

बङ्गलादेश – बङ्गलादेशको सेनाले आगामी वर्षको शुरुमा हुने देशको १३औँ

सात दिनभित्र लिखित जवाफ पेस गर्न दलबाहेकलाई सर्वाेच्चको आदेश

काठमाडौं- सर्वोच्च अदालतले जेनजी आन्दोलन सुरु भएको विषयमा राजनीतिक दलहरूलाई